गोकर्ण बिष्ट भन्छन्- गुल्मी जिल्लामा नमुना काम गरेका छौँ, फेहरिस्त लिएर घरघरमा जान्छौं

गोकर्ण बिष्ट भन्छन्- गुल्मी जिल्लामा नमुना काम गरेका छौँ, फेहरिस्त लिएर घरघरमा जान्छौं


गोकर्ण बिष्ट भन्छन्- गुल्मी जिल्लामा नमुना काम गरेका छौँ, फेहरिस्त लिएर घरघरमा जान्छौं

बुटवल । नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले आसन्न संघिय र प्रदेश चुनावमा गुल्मी जिल्लामा एमालेले विजय हाँसिल गर्ने दाबी गरेका छन् । शुक्रबार नेकपा एमाले गुल्मी रूपन्देही युवा विद्यार्थी सम्पर्क मञ्चले बुटवलमा आयोजना गरेको अगुवा, विद्यार्थी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा तत्कालीन सोभियत संघको उदाहरण दिदै विष्टले आफुहरुको पहल र नेतृत्वमा भएका कामहरुबारे जनमानसमा आवश्यक जानकारी नहुँदा तथा मागको तुलनामा पुर्तीको अनुपात नमिल्दा केही गुनासा भए पनि गर्भ गर्न लायक धेरै काम गरेको बताए । खुला रूपमा विचार र गुनासा सुन्दै विष्टले आफुहरु विशेषगरी (प्रदिप ज्ञवाली र गोकर्ण विष्ट) को पहल र नेतृत्वमा गरेका बताउन लायक, सुनाउन लायक नमुना ठूला योजनाहरु देखि हजारौं साना योजना जुन जनताको जीवनमा प्रत्यक्ष सरोकार राख्छन् ती कामको फेहरिस्त लिएर जनताको घरघरमा पुग्ने बताए । 

हिजोको त्यो गुल्मी र आजको यो गुल्मी बनाउन नेता द्वय प्रदिप ज्ञवाली र गोकर्ण विष्टको नेतृत्वमा नेकपा एमालेले खेलेको भूमिका बारे चर्चा गर्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछाले गुल्मी जिल्लाले काँचुली फेरेको विकास निर्माणमा गुल्मी जिल्ला पहाडी जिल्लामा नमुना जिल्ला भएको दाबी गरे । 

सो कार्यक्रममा युवा तथा विद्यार्थीका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरू  जीवन गौतम, भरत अर्याल, कृष्ण गाउँले, प्रकाश पराजुली, मनोज गौतम, केशवराज अर्याल, हरि पैयानी,  जिडी शिखर, विपिन पन्थी, प्रशान्त ज्ञवाली, रञ्जित ज्ञवाली लगायतले आ(आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा एमाले उपत्यका विशेष प्रदेश कमिटी सदस्य राजेन्द्र अर्याल, प्रदेश कमिटी सदस्यहरु चिन्तामणी पाण्डे , लिल ब बिष्ट, खिमानन्द भण्डारी , लीलामणि पोख्रेल, जिल्ला कमिटी सदस्य केदार भुसमल, नेकपा एमाले गुल्मी -रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष हेम थापा लगायतको उपस्थिति रहेको थियोे । नेकपा एमाले गुल्मी रूपन्देही युवा विद्यार्थी सम्पर्क मञ्चका अध्यक्ष जीवन गौतमको अध्यक्षता र सचिव मनोज गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित मिति: शनिबार, १८ भदौ, २०७९, १३:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९