बाँकेबाट एमालेका यी हुन प्रतिनिधि सभाका उम्मेदवार

बाँकेबाट एमालेका यी हुन प्रतिनिधि सभाका उम्मेदवार


बाँकेबाट एमालेका यी हुन प्रतिनिधि सभाका उम्मेदवार

नेपालगन्ज, । नेकपा एमालेले बाँकेका तीन वटै प्रतिनिधी सभाका लागि आफ्ना उम्मेवारको नाम सिफारिस गरेको छ । एमालेले आइतबार सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको हो । 

उक्त पार्टीले बाँकेको क्षेत्र नम्बर १ बाट सुर्य ढकाल, देवराज भार, पुजन विश्वकर्मा र बलराम भट्टराईको नाम सिफारिस गरिएको हो । यस्तै क्षेत्र नम्बर २ बाट मोहम्मद हारुन, शिव डोटेल, रबिन्द्र लम्साल, अक्रम अन्सारी, रचना श्रेष्ठ, पार्वती बोहरा गुरुङ र सरस्वती शर्माको नाम सिफारिस भएको एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाले जानकारी दिए । 

यसैगरी क्षेत्र नम्बर ३ बाट किस्मतकुमार कक्षपति, रत्न खत्री र कृष्णा सार्कीको नाम सिफारिस गरिएको एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिए ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेले बाँकेको क्षेत्र नम्बर ३ मा मात्र प्रतिनिधी सभा सांसद जितेको थियो । उक्त निर्वाचनमा तत्कालिन बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका महेश्वर गहतराज अथक निर्वाचित भएका थिए । 


प्रकाशित मिति: आइतबार, १९ भदौ, २०७९, २०:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९