नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय टोलीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेको छ । भेटवार्तामा विकास सहकार्य, ब्यापार तथा लगानी, जलवायु परिवर्तन र सांसदबीचका भ्रमण आदान प्रदानको महत्व लगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
सो अवसरमा मन्त्री खड्काले कोरोना महामारीका बखत फ्रान्सले दिएको सहयोगका लागि धन्यवाद दिएका छन् ।
फ्रान्सेको माथिल्लो सदन सिनेट अन्तर्गत नेपाल-फ्रान्स अन्तरसंसदीय मैत्री समूहका अध्यक्ष डेनियल सालमोनको नेतृत्वमा रहेको टोलीले मन्त्री खड्कासँग भेटेको हो ।
नेपाल रहँदा टोलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने काठमाडौंस्थित फ्रान्सेली दूतावासले जनाएको छ । दूतावासका अनुसार फ्रान्सेली टोलीले भोली बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट्ने छ । नेपाल-फ्रान्स सम्बन्ध थप विस्तार गर्ने उद्देश्यले फ्रान्सेली टोली आएको दूतावासले जनाएको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९