नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट अर्बपति विनोद चौधरीको नाम सिफारिस गरेको छ । चौधरीसहित कांग्रेसले नवलपरासी क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम उम्मेदवारका सिफारिस गरेको हो ।
देवकरण कलवार, विक्रम खनाल, कुलदीप आचार्य र उषा बास्तोलाको नाम सिफारिस गरिएको कांग्रेस नवलपरासीले जानकारी दिएको छ । यसैगरी क्षेत्र नम्बर २ मा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको नाम सर्वसम्मत सिफारिस भएको छ ।
प्रदेश सभा सदस्यतर्फ १ (क) बाट विश्व प्रेम पाठक र (ख) मा मुकुल आचार्य छनोट भएका छन् । क्षेत्र नम्बर २ ९क० मा मोहन शर्मा र ९ख० मा बैजनाथ कलवार र नगेन्द्र अग्रहरीको नाम सिफारिस गरिएको कांग्रेस नवलपरासीले जनाएको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९