मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीसहित ३ जनालाई राष्ट्र गौरव मान पदवी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीसहित ३ जनालाई राष्ट्र गौरव मान पदवी

९९८ वटा पदक तथा विभूषण प्रदान


मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीसहित ३ जनालाई राष्ट्र गौरव मान पदवी

 मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवम् पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी राष्ट्र गौरव मान पदवीबाट सम्मानित हुने भएका छन् ।  सरकारले संविधान दिवसको अवसरमा उनलाई सो पदकबाट सम्मानित गर्ने भएको हो । 

गृह  मन्त्रालयले निकालेको सूचना अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उनी सहित राजनीतिज्ञ स्व. जीवराज न्यौपाने 'आश्रित' र संस्कृतिविद् सत्यमोहन जोशीलाई समेत राष्ट्र गौरव मान पदवीद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।  

९९८ वटा पदक तथा विभूषण प्रदान
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ९९८ वटा पदक तथा विभूषण प्रदान गरेकी छन्। भदौ ३१ गतेको मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपति भण्डारले नेपाल रत्नसहित विभिन्न ९९८ वटा विभूषण पदक प्रदान गरेकी हुन्।

भण्डारीले संविधान दिवसमा संविधानको धारा २७७ को उपधारा १ बमोजिम पदक प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।  


प्रकाशित मिति: सोमबार, ३ असोज, २०७९, १२:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९