नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनले विगतमा मधेसका जनताको हत्या गरेर एमालेलाई मधेसमा पस्न नदिएको आरोप लगाएका छन् ।
आफू प्रधानमन्त्री भएपछि मधेसमा विकासको थालनी भएका कारण उनीहरू आत्तिएको ओलीको आरोप छ । धनुषाको विदेहमा सांसद लोसपा सांसद उमाशंकर अरगरियालाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले मधेसको पहिलो शक्ति बन्नबाट अब एमालेलाई कसैले रोक्न नसक्ने दाबी गरे ।
एमालेलाई साथ दिए मधेसको विकास हुने ओलीको भनाइ थियो । अध्यक्ष ओलीले विगतमा कांग्रेस र माओवादी मिलेर सप्तरीमा आफूहरू पुगेका बेला त्यहाँका जनताको हत्या गरेको भन्दै एमालेविरुद्ध मधेसमा फैलाइएका भ्रम अब मधेसकै जनता र जनप्रतिनिधिले तोड्ने बताए । ओलीले रेलमार्ग सञ्चालन र विस्तारको नेतृत्व गरेकोमा एमाले सचिव तथा पूर्व भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई धन्यवाद समेत दिए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९