एमालेका युवा नेताका आग्रह : सहमतिका आधारमा नेतृत्व चयन

एमालेका युवा नेताका आग्रह : सहमतिका आधारमा नेतृत्व चयन


एमालेका युवा नेताका आग्रह : सहमतिका आधारमा नेतृत्व चयन


काठमाडौँ । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनमा युुवा नेताहरुले सहमतिका आधारमा पदाधिकारी र निर्वाचनका माध्यमद्धारा केन्द्रीय सदस्य चयन गर्नुपर्ने माग गरेका छन् । 
महाधिवेशनको मिति नजिकिदै गर्दा एमालेका युवा नेताहरुले पार्टीलाई एक ढिक्का बनाउनका लागि सहमतिका आधारमा पदाधिकारी र निर्वाचनका माध्यमबाट केन्द्रीय सदस्य चयन गर्न आग्रह गरेका हुन् । 

एमालेबाट माधवकुमार नेपाल फुटेर अबस्थामा पार्टीलाई एक ढिक्का बनाउनका लागि पनि सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्ने दबाव रहेको छ । 
एमालेबाट चोइटिएर तत्कालिन एमालेका वरिष्ठ नेता नेपालले नेकपा (एकीकृत समाजवादी) अलग पार्टी गठन गरिसक्नु भएको छ । 

एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टीका शीर्ष नेताहरुले सर्वसम्मत नेतृत्व चयनमा जोड दिने बताउँछन् । “अहिलेसम्मको आधारमा हेर्दा सहमतिका आधारमा नै नेतृत्व चयन गर्ने प्रयास हुन्छ” उनले भने, “अहिले को–को उठ्ने निश्चित नभइकेको छैन । तैपनि पार्टीलाई थप एकताबद्ध बनाउन सहमतिमा नै नेतृत्व चयन हुन्छ ।”

एमालेका अध्यक्षमा केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल उपाध्यक्षमा भीम रावल,रामवहादुर थापा, अष्टलक्ष्मी शाक्य, सुभास नेम्बाङ र धनश्याम भुसाल, महासचिवमा बिष्णुप्रसाद पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र पृथ्वीसुब्बा गुरुङ आकाङ्क्षी रहनु भएका छन् । 

विद्युतीय मेसिनबाट गरिने मतदानमा १५ पदाधिकारी सहित २२५ केन्द्रीय कमिटी तथा लेखा आयोग र अनुशासन आयोगका १५÷१५ जना समेत निर्वाचित हुने छन् । पदाधिकारीमा पुरानै अनुहार दोहरिएपनि २१० केन्द्रीय सदस्यमा भने युवा नेतृत्व आउने छन् । 

यसअघि एमालेको आठौ र नवौ राष्ट्रिय महाधिवेशनको नेतृत्व निर्वाचनका माध्यमबाट भएको थियो । आठौ महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनालबीच प्रतिस्पर्धामा खनाल निर्वाचित हुनु भएको थियो । यस्तै नवौ महाधिवेशनमा पार्टीका नेता नेपाललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित हुनु भएको थियो । 

केन्द्रीय सदस्य खिमलाल भट्टराईले पार्टीलाई आमकार्यकर्ताको माझमा पार्टीलाई एक ढिक्काको सन्देश दिनका लागि सहमतिका आधारमा पदाधिकारी चयन गर्नुपर्ने माग राखेका छन् । एमालेमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवको व्यवस्था गरिएको छ । नेता भट्टराईले शीर्ष नेतृत्वले पदाधिकारीमा सहमति जुटाउन नसके आफू पनि पदाधिकारीलाई उम्मेदवारी दिने बताए । “आम कार्यकर्तामा सकारात्मक सन्देश दिनका लागि पदाधिकारी सर्वसम्मत चयन गर्नुपर्दछ” उनले भने, “यहि सहमतिका आधारमा पदाधिकारी चयन गर्न सकिदैन भने मेरो पनि पदाधिकारीमा उम्मेदवारी रहन्छ ।”

केन्द्रीय सदस्य माधवप्रसाद ढुङ्गेलले पनि पदाधिकारी सहमतिको आधारमा निर्वाचित गर्न सकेको खण्डमा पार्टीभित्र गुटबन्दी अन्त्य हुने बताउँछन् । उनले पदाधिकारीभित्र उच्च समझदारी कायम गरेर अगाडि बढ्ेमा आगामी निर्वाचनमा पार्टीले वहुमत ल्याउन सक्ने बताए  ।

“पार्टी एकताबद्ध बनाउन पदाधिकारीमा सर्वसम्मत गर्न सके र  केन्द्रीय सदस्यका लागि निर्वाचन भएपनि पार्टीभित्र गुटबन्दी हुदैन” उनले भने, “यसले पार्टीलाई थप मजवुद बनाउँछ ।”
एमाले नेतृ बिद्या भट्टराईले वडादेखि नै सहमतिका आधारमा नेतृत्व चयन भइरहेको अवस्थामा केन्द्रमा पनि सर्वसम्मतका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताए ।

“पार्टीबाट केही समूह अलग भएर समस्या आयो । त्यो समस्यालाई समाधान गर्न पनि महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्दछ,” उनले भने, “सर्वसम्मत नेतृत्व चयन गर्दा पार्टी एकता भएको सन्देश दिन सकिन्छ ।”
उनले सहमतिका आधारमा पनि नेतृत्व चयन गर्दा लोकतान्त्रिक विधि अवलम्बन हुने बताए । महाधिवेशनमा तत्कालिन नेकपा (माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गर्नु भएको रामवहादुर थापा, लेखराज भट्ट, टोपवहादुर रायमाझी, प्रमु शाह, मणि थापा नेताहरु लगायत रहेका छन् ।  

महाधिवेशनमा देशभरिबाट एक हजार १९९ जना प्रतिनिधि चयन भइसकेका छन् । यस्तै कुल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनित गर्ने छ । महाधिवेशन यहि मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । 

 


प्रकाशित मिति: आइतबार, ५ मंसिर, २०७८, ११:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९