राजनीतिमा पुस्ता हस्तान्तरण नगर्ने परिपाटीले धेरै कुरा बिग्रिएको र विक्रिति आएको छः कल्पना धमला

राजनीतिमा पुस्ता हस्तान्तरण नगर्ने परिपाटीले धेरै कुरा बिग्रिएको र विक्रिति आएको छः कल्पना धमला


 राजनीतिमा पुस्ता हस्तान्तरण नगर्ने परिपाटीले धेरै कुरा बिग्रिएको र विक्रिति आएको छः कल्पना धमला

काठमाडौं क्षेत्र नं ९ बाट सत्तारुढ गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ६० वर्ष पछि क्रियाशिल राजनीतिमा नरहने बताएकी छिन् । ‘म ६० वर्ष पछि कुनै पनि क्रियाशिल राजनीतिमा रहने छैन । युवालाई पालो दिनका लागि ६० वर्ष पछि राजनीतिमा रहनु राम्रो होइन,’ उनले आइतबार चन्द्रागिरि १२ मा भएको चुनावी कार्यक्रममा भनिन्, ‘राजनीतिमा नयाँ कोर्षको बारेमा बोल्नु पर्छ । म माओवादी पार्टीको प्रतिनिधि भएपनि कुनै एक पार्टीको मात्र नजिक हुने छैन । म पाँच वर्षको लागि ९ नम्बर क्षेत्रको गठबन्धनको प्रतिनिधि हुनेछु । म त्यतिन्जेल तपाईंहरुको साथमा नै हुनेछु ।’

‘यो क्षेत्रमा आफू नयाँ भएकाले पनि मानिसहरुले उम्मेदवार देख्न पाएनौं भन्ने प्रश्न गरेको सुनेकी छु । यो स्वभाविक पनि हो,’ उनले कार्यक्रममा भनिन्, ‘म यो निर्वाचन क्षेत्रको लागि नयाँ अनुहार भएकाले पनि यस्तो प्रश्न आएको हो । अब संयुक्त निर्वाचन परिचालन कमिटी बनाएर बस्ती बस्तीमा गएपछि त्यो गुनासो पनि कम हुने छ ।’ चन्द्रागिरी वडा नं. १२ को गठबन्धन टिमलाई उनले छिट्टै संयुक्त निर्वाचन परिचालन कमिटी बनाउन पनि अनुरोध गरेकी छिन् ।


यस अघिका प्रतिनिधिले गरेका गलत क्रियाकलाप, ढाँट छलले गर्दा तँ पनि त त्यस्तै होइनस् भन्ने प्रश्न उठ्न सक्छ । तर, यस्ता कुरालाई सहज रुपमा लिएर अघि बढ्नुपर्नेमा उनको जोड थियो । आफूले कुनै पनि नराम्रो काम नगर्ने उनले प्रतिबद्धता जाहेर गरिन् ।


आधुनिक विकाससँग थपिएका आवश्यकतालाई जोडेर यस क्षेत्रको विकासको मास्टर प्लान बनाएर अघि बढ्नुपर्नेमा उनको जोड थियो । उनले यो क्षेत्रलाई कसरी कृषि मैत्री, पर्यटन मैत्री बनाउने भन्ने बारेमा बसेर छलफल गरी योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरिन् ।

‘राजनीति पेसा होइन सेवा हो । राजनीतिमा पुस्ता हस्तान्तरण नगर्ने परिपाटीले धेरै कुरा बिग्रिएको र विक्रिति आएको छ । पटक पटक मन्त्री हुने परिपाटीले राजनीतिक बिग्रिएको हो,’ उनले भनिन्, ‘म ५० वर्ष भन्दा कम उमेरको भएकाले बृद्धबृद्धा बुवा आमालाई केन्द्रमा राखेर उहाँहरुको आवाज उठाउन सक्छु । यसैगरी मैले युवा युवतीहरुको एवं बालबालिको पनि आवश्यकता र चाहना बुझेर आवाज उठाउन सक्ने भएकाले मलाई विजयी गराउन अनुरोध गर्दछु । मलाई गठबन्धनको साझा उम्मेदवारको रुपमा विजयी गराउनुहोला ।’


प्रकाशित मिति: सोमबार, ७ कार्तिक, २०७९, ०९:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९