नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दावी गरेका छन् ।
झापाको भद्रपुरमा नेकपा एमाले र राप्रपाले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र राप्रपा, जसपासहितको सरकार बन्ने दावी गरे । उनले यसपटक राष्ट्रिय पार्टीका रुपमा राप्रपा आउने जिकिर गरे। कांग्रेस र माओवादी राष्ट्रिय पार्टी बन्ने भएपनि माधव नेपाल नेतृत्वको पार्टीको कन्तविजोग हुने र राष्ट्रिय पार्टी बन्ने नसक्ने ठोकुवा गरे । ओलीले एमालेको राष्ट्रियतालाई लोसपाले बोक्न नसकेकाले राष्ट्रिय पार्टी बन्न नसक्ने बताए ।
त्यस्तै ओलीले पार्टीको इज्जतका लागि पनि झापा–३ मा राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९