अहिले संघ र प्रदेशको चुनावको माहोल छ । उम्मेदवारहरु आफ्नो चुनावी माहोल बनाउन बिभिन्न तह र तप्काहरुबाट लागिरहेका छन् । बिभिन्न पार्टीहरुले आफ्ना एजेन्डाहरुले जनताको भोटहरु लोभ्याउने प्रयत्नमा छन् ।
पार्टीको चुनावी माहोलमा स्वतन्त्र उम्मेदवारहरुले आफ्नो एजेन्डाहरुले जनताहरुलाई खुसी पार्दै आइरहेका छन् । त्यस्तै क्रममा झापा क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार उठेकी खुस्बु ओली पनि अहिले क्रस खुकुरी चिन्ह लिएर चुनावको माहोलमा छन् ।
झपामा नै जन्मेकी ओली अहिले आफ्नो स्थानमा चुनाव प्रचारको अभियानमा छन् । मुस्लीम बस्तीहरु धेरै भएको उक्त क्षेत्रमा आत्मनिर्भरताको पाटोलाई आफूले समेटेर चुनाव प्रचारमा लागेको ओलीले बताइन् । ‘म यही स्थानमा जन्मिएकी हुँ । यहाँको समस्याहरुको बारेमा मलाई धेरै ज्ञान छ । उहाँहरुको समस्यालाई समधानका लागि मैले राजनीतिामा पाइला टेकेकी हु । आशा छ यो पटक म उहाँहरुको समस्या समधान गर्ने स्थानमा पुग्नेछु,’ ओलीले भनिन् ।
पछिल्लो समय चुनाव प्रचारको लागि गाँउमा जाँदा आफ्नो माहोल धेरै राम्रो देखेको बताइन् । पार्टीको नेताहरुबाट जनताको समस्या समाधान नहँदा युवा तथा नयाँ अनुहारलाई नै समर्थन गर्ने पक्षमा जनाताहरु भएको उनको भनाइ छ । ‘पार्टी प्रति जनताहरुको धेरै दुखेसो छ । लामो समय देखि राजनीतिमा आएर पनि उहाँहरुले विकासको कुरामा खास्सै चासो नदेखाएको देखिन्छ । अब पार्टी भन्दा व्यक्ति नै राम्रो भन्ने पक्षमा उहाँहरु आउनु भएको छ । त्यसैले यो चुनावमा पुराना अनुहार दोहोरिने अवस्था छैन्,’ ओलीले भनिन् ।
नेपाली राजनीतिको गठ मानिएको झापा क्षेत्रमा अहिले दुई गठबन्धनको चर्चा छ । तर, झाको क्षेत्र नम्बर दुई र चारमा भने स्वतन्त्र उम्मेदवारहरुको चर्चा धेरै छ । मुख्य गरेर नेकपा एमालेका अध्यक्ष केपी ओलीको क्षेत्र भएर पनि त्यहाँ चर्चा धेरै देखिएको हो । झापामा क्षेत्र नम्बर ४ मा ओली एक्लो महिला उम्मेदवार हुन् । युवा अनि महिला भएर पनि आफूले काम गर्ने कुरामा कुनै कन्जुसाई नगर्ने ओलीले बताइन ।
‘झापा क्षेत्र नम्बर ४ म एक्लो महिला उम्मेदवार हुँ । त्यसमाथि कम उमेरको पनि । काम गर्ने कुरामा मेरो उर्जा अन्य उम्मेदवार भन्दा बेग्लै छ । मलाई जनताको बिकास भन्दा बाहेक कुनै कुराको लोभ छैन्,’ ओलीले भनिन् । स्वाधिन सबल र आत्मनिर्भर अर्थतन्त्र ओलीको मुख्य एजेन्डा हो । त्यस्तै कृषिमा आत्मनिर्भरता पनि उनको मुख्य एजेन्डा रहेको छ । सबल स्वाधिन र आत्मनिर्धर अर्थतन्त्रको आधार स्तम्भ वा प्रारुप निर्माण गर्नु र त्यसै सोचलाई कार्यान्वयन गर्नु आजको रास्टृय आबश्यकता भएको ओलीले बताइन् ।
आफूले गर्न सक्ने कुरा यसै पटक नै हुने भएकाले अर्को मौकाका लागि आफूलाई दोस्रो रोजाइमा नपार्न उनले झापा क्षेत्र नम्बर ४ का उम्मेदवारलाई आग्रह गरेकी छन् । ‘झापाका जनताहरुले मलाई यसै पटक मौका दिनु हुनेछ भन्ने आशा गरेको छु । स्वाधिन सबल र आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि, भष्ट्राचार नियन्त्रण, सामाजिक न्यायमा आधारित समतामुलक समाजको स्थापना, राष्ट्रियताको पक्षमा उभिन, शिपमा आधारित शिक्षाको बिकास गर्न र प्राकृतिक स्रोतको दोहन बन्द गर्न मेरो उम्मेदवारी हो,’ ओलीले भनिन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९