गोराखा । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गोरखाका मतदातामाझ आगामी निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन् । उनले गोरखाको सिरानचोक गाउँपालिकामा आयोजित मतदाता भेटघाट कार्यक्रममा आगामी निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने उद्घोष गरेका हुन् ।
‘गठबन्धनले पाँच वर्ष सरकार चलाउने निश्चित छ । प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्नु भएको छ । उहाँ सुयोग्य व्यक्ति हो । अबको सरकार पाँच वर्ष गठबन्धनले चलाउँछ । अबको प्रधानमन्त्री प्रचण्ड हो,’ उनले भने । कार्यक्रममा अध्यक्ष प्रचण्डपनि कार्यक्रममा सरिक भएका थिए । कार्यक्रममा जनतामाझ भट्टराईले अब उनले पदबाट राजीनामासमेत दिने बताए । यद्यपि उनले पार्टी र संगठनमा अरु कुनै ढंगबाट सक्रिय रहने घोषणा गरे ।
‘अब मैले बिदा लिन्छु । एउटै मान्छै सधैं पदमा बस्न सक्दैन र हुँदैन पनि । म अब अरु कुनै ढंगले सक्रिय हुनेछु,’ उनले भने । डा. भट्टराईले ०६४ सालमा र ०७४ सालमा भएका दुई निर्वाचनमा जनाताहरुले आफूलाई भारी मतका साथ विजयी बनाएको बनाएकामा खुसी पनि व्यक्त गरे । उनले आफूले निर्वाचन जितेपछि बाटो घाटो निर्माण र विकासका कामहरु भएको दावी गर्दै अझै केही काम गर्न भने बाँकी नै रहेको जनाएका छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९