रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी घोषणापत्र आज (बिहीबार) सार्वजनिक गर्ने भएको छ।
पहिलोपटक आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भाग लिन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र पनि पहिलोपटक नै ल्याउन लागेको हो।
पार्टीको ‘वाचा पत्र’ घोषणापत्र सार्वजनिक गर्नका लागि बिहीबार बिहान ११ बजे राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम राखिएको स्वतन्त्र पार्टीले जनाएको छ। पार्टी सभापति रवि लामिछानेले पार्टीको घोषणापत्र सार्वजनिक गर्नेछन्।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९