एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता


एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता

नेपालका लागि अमेरिकी राजदूत रिचार्ड थम्पसनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटेका छन् ।

रेन्डी बेरीको स्थानमा आएका थम्पसनले सरकार र राजनीतिक दलका उच्च नेताहरुसँग परिचयात्मक भेट गर्ने क्रममा बिहीबार बालकोट पुगेका हुन् । उक्त भेटका क्रममा ओलीसँग आफूले अमेरिका र नेपालले सामना गर्न सक्ने साझा चुनौतीहरुबारेमा छलफल गरेको जानकारी दिएका छन् ।

‘अध्यक्ष केपी ओलीलाई धन्यवाद! ’, उनले भनेका छन्, ‘हामीले अमेरिका र नेपालले सामना गर्ने साझा चुनौतीहरूको कसरी कसरी सामना गर्नेबारेमा छलफल गर्‍यौं ।’ उक्त भेटका क्रममा ७५ वर्षदेखिको दुई मुलुकबीचको साझेदारी महत्वपूर्ण रहेको भन्दै यसलाई अझै निरन्तरता दिनेबारे पनि चर्चा भएको उल्लेख गरेका छन् ।


प्रकाशित मिति: बिहिबार, १७ कार्तिक, २०७९, १५:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९