कैलाली क्षेत्र नं. १ को प्रदेश ‘ख’ द्धारिकाप्रसाद न्यौपानेको पक्षमा जनलहर

कैलाली क्षेत्र नं. १ को प्रदेश ‘ख’ द्धारिकाप्रसाद न्यौपानेको पक्षमा जनलहर


कैलाली क्षेत्र नं. १ को प्रदेश ‘ख’ द्धारिकाप्रसाद न्यौपानेको पक्षमा जनलहर

टीकापुर । यहि मंसिर ४ गते हुने निर्वाचनका लागि कैलाली क्षेत्र नं. १ को प्रदेश सभा ‘ख’का उम्मेदवार द्धारिकाप्रसाद न्यौपानेको पक्षमा जनलहर छाएको छ । 

कर्णाली करिडोर, खेलकुद राजधानी, पदम प्रकाशेश्वर जस्ता वृहत योजना ल्याएपछि एमाले तर्फबाट उम्मेदवार बनेका न्यौपानेको पक्षमा जनलहर छाएको हो । 

टीकापुरको छेउमा रहेको कर्णाली नदीमा कर्णाली करिडोर सहित वगैचा, तटबन्धन र ¥यापिटङ गर्ने उनको योजनासंग टीकापुरका जनता न्यौपानेलाई जिताउनुपर्ने बताएका छन् । 

टीकापुर नगरपालिका मात्र रहेको प्रदेश ख मा अहिले न्यौपाने बाहेक अन्य उम्मेदवारको चर्चा नै छैन । कांग्रेसबाट फेरि पनि उम्मेदवार बनेका आफूलार्इृ डाक्टर भन्ने रणवहादुर रावलको चर्चा कतै पनि सुनिन्न भन्ने राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेवार बनेको चौधरीको चर्चा अलिअलि गाउँघरतिर मात्र सुनिने गरिन्छ । 

प्राकृतिक सौर्दन्यको खानी रहेको टीकापुरलाई बनाउनका लागि त्यहाँका जनताले द्धारिकाप्रसाद न्यौपाने जस्तो नेताको खाँचो रहेको औल्याएका छन् । 

यहि सामाजिक सञ्जालदेखि टीकापुर बनाउने वृहत योजनाका भिडियो द्धारिकाप्रसाद न्यौपानेको मात्र सुनिने गरिएको छ । 

त्यहा मतदाताले पनि न्यौपानेका भिडियोलाई सेयर गर्ने र लाइक गर्ने समेत स्वतस्फूर्त रुपमा गरिरहेका छन् । 

निर्णय क्षमता र जोखिम लिन सक्ने नेताका रुपमा पार्टी भित्र र बाहिर न्यौपाने चिनिन्छन् । अहिले टीकापुरमा न्यौपाने जस्ता जोखिम लिने नेता आवश्यक रहेको भन्दै सवै उनलाई जिताउन सवै लागेका छन् । 

अहिले टीकापुर बजारदेखि गाउँसम्म न्यौपानेको चर्चा हुने गरेको छ । 

युवा सक्षम र भनेको काम गर्ने सक्ने क्षमता भएका न्यौपानेको विकल्प नभएको टीकापुर बासीको धारणा रहेको छ । 

एमालेले घरदैलो कार्यक्रम समेत गरिरहेको छ । एमालेले टीकापुरमा रहेका नौ वटै वडामा घरदैलो कार्यक्रम शुरु गरेको छ ।

आजदेखि प्रचारप्रसारलाई खुला गरेपछि एमाले आक्रमण रुपमा लागेको छ । गाउँका विभिन्न टोल, समूहमा एमाले आफ्नो उम्मेदवारलाई जिताउनका लागि घरदैलो कार्यक्रम शुरु गरेको हो ।

 


प्रकाशित मिति: शुक्रबार, १८ कार्तिक, २०७९, ०८:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९