ओली साँच्चीकै बनमाराका झार रहेछनः घनश्याम भूसाल

ओली साँच्चीकै बनमाराका झार रहेछनः घनश्याम भूसाल


ओली साँच्चीकै बनमाराका झार रहेछनः घनश्याम भूसाल

स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भूसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘बनमारा झार’ को संज्ञा दिएका छन् । देशको संवैधानिक फूलहरुको बगैँचामाथि बनमारा झारले आक्रमण गरेको भनी उनले टिप्पणी गरे ।

रुपन्देही–१ बाट सत्तारूढ गठबन्धनको समर्थन पाएका भूसालले भने, ‘ओली साँच्चिकै बनमारा झार रहेछन्, अन्ततः उनले आफ्नो चरित्र देखाइ छाडे । बनमाराले आफ्नो अस्तित्व समेत संकटमा पार्ने गरी बगैचा उजाड बनाउने कोसिस गर्यो ।’ शुक्रबार जिल्लाको धकधइ क्षेत्रका मतदाताहरूसँग कुरा गर्दै भूसालले नेकपा एमालेमा रहेका अधिकांश नेता कार्यकर्ताहरू इमानदार रहे पनि नेतृत्व भने गलत तर्क गरे ।

ओलीले एमालेको पार्टी प्रणाली मात्रै नभएर लोकतन्त्र र देशको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेर बनमारा झारको चरित्र देखाएको भूसालको भनाइ छ ।


प्रकाशित मिति: शुक्रबार, १८ कार्तिक, २०७९, २०:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९