कञ्चनपुरमा तीन पूर्वमन्त्री चुनावी मैदानमा, कसले मार्ला बाजी?

कञ्चनपुरमा तीन पूर्वमन्त्री चुनावी मैदानमा, कसले मार्ला बाजी?


कञ्चनपुरमा तीन पूर्वमन्त्री चुनावी मैदानमा, कसले मार्ला बाजी?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा प्रतिनिधिसभाका तीन वटै निर्वाचन क्षेत्रमा पूर्वमन्त्री चुनावी मैदानमा रहेका छन् ।

सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की नेत्री बीना मगर चुनावी मैदानमा छिन् । विसं २०७४ को निर्वाचनमा भारी मतले विजयी भएकी उनी यस पटक अघिल्लो जीतलाई निरन्तरता दिने दाउमा छिन् । विसं २०७४ को निर्वाचनको प्रतिस्पर्धी दल नेपाली कांग्रेस अहिले उनको समर्थनमा छ भने त्यो निर्वाचनका सारथी नेकपा (एमाले) का तर्फबाट तारा लामा तामाङ अहिले उनको प्रतिस्पर्धी छन् ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउद चुनावी मैदानमा छन् । विसं २०७४ को निर्वाचनमा साउदलाई पराजित गरेका एमाले नेता नरबहादुर धामीसित उनको दोस्रो पटक प्रतिस्पर्धा हुँदैछ । धामी जीतलाई निरन्तरता दिने रणनीतिमा छन् भने साउद हारको बदला लिने पक्षमा यस पटक देखिएका छन् ।

विसं २०७४ को निर्वाचनमा धामीको समर्थनमा रहेको माओवादी यस पटक साउदको समर्थनमा छ । यसपटक माओवादीको समर्थनमा हारको बदला दिने दाउमा साउद छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पूर्वमन्त्री रमेश लेखक र नेकपा (एमाले) नेत्री निरुदेवी पालबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्लो पटक एमालेका नेता डा दीपकप्रकाश भट्टसित थोरै मतले पराजित भएका लेखक यस पटक सत्ता गठबन्धन दलका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । उनका प्रतिस्पर्धी पाललाई यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेको छ ।


प्रकाशित मिति: शनिबार, १९ कार्तिक, २०७९, ०७:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९