दक्षिणपन्थी अवसरवादलाई परास्त गरौँ : बादल

दक्षिणपन्थी अवसरवादलाई परास्त गरौँ : बादल


दक्षिणपन्थी अवसरवादलाई परास्त गरौँ  : बादल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल)ले दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतावादलाई परास्त गरेर मात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका छन् । 

नेपाल बुद्धिजीवी परिषद्ले सोमबार आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन’ विषयक बहस कार्यक्रममा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका बादलले समृद्ध नेपालको सही नीतिका साथ समाजवादको आधार निर्माणका लागि अग्रसर हुन आग्रह गरे । उनले सही नीति र जनमतप्राप्त पार्टीलाई सत्ताबाट बाहिर ल्याएर पार्टी विभाजित गराउन दक्षिणपन्थता भएकाले त्यसलाई परास्त गर्न एमालेले विधान महाधिवेशबाट पारित दस्तावेज र नारा सही भएको जनाए ।

कार्यक्रममा अर्का स्थायी कमिटी शङ्कर पोखरेलले वर्तमान सत्ता गठबन्धन नेपाली जनताको समृद्धमाथिको हमलाका रुपमा आएको बताएका छन् । पोखरेलले  एमालेको आसन्न दशौं राष्ट्रिय महाधिवेशनले उक्त पाँच दलीय हमलालाई परास्त गर्ने सामथ्र्यको रुपमा विकास गर्ने बताए ।

उनले एमाले नेतृत्वको सरकारले थालनी गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प जनताको चाहना भए पनि त्यो यात्रालाई रोक्नका लागि पाँच दलको गठबन्धन बनेको प्रष्ट्याए । उनले चितवनमा पाँच लाख जनताको सहभागितामा उद्घाटन हुने दशौं महाधिवेशनले एमालेले राष्ट्र निर्माणका लागि नयाँ यात्रा थालनीका लागि ऊर्जा प्रदान गर्ने उहाँले उद्घोष गरे । उनले वर्तमानको एमाले तत्कालीन नेकपा (माओवादी–केन्द्र)सँगको एकतालाई निरन्तरताको पार्टी भएकाले आशन्न दशौं राष्ट्रिय महाधिवेशन एकताको महाधिवेशन हुने बताए ।

नेता पोखरेलले २०७५ जेठ ३ मा एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वाेच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट पूर्ववत् अवस्थामा कायम रहेको भए पनि पूर्व माओवादीको एउटा हिस्सा एमालेमै रहेकाले पार्टी नेकपाको निरन्तरता भएको जिकिर गरे । उनले पार्टीबाट केही पक्ष अलग भए पनि एमालेकै अगुवाइमा कम्युनिष्ट आन्दोलन एकताबद्ध हुनुपर्छ भन्ने मान्यता रहेको बताए । आफूहरु गत विधान महाधिवेशनयता नै अघि बढेको र त्यसलाई राष्ट्रिय महाधिवेशनले थप व्यवस्थित गर्ने पोखरेलको भनाई रहेको छ । 

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री पोखरेलले राष्ट्र निर्माणको लक्ष्य र भविष्य बोकेको पार्टीले इतिहासका कुन पक्षले कुन धार लिएको वा कुन गुट थियो भन्ने प्रश्नमा नभई भविष्यको लक्ष्यमा केन्द्रित हुनु पर्ने बताए । लोकतान्त्रिक आन्दोलनको जगमा बनेको संविधानका आधारमा समृद्ध नेपाल हुँदै राष्ट्रिय पूँजीको निर्माणबाट समाजवादमा पुग्नका लागि पार्टी परिचालित हुने बताए । देशभर केन्द्रले तोकेकै मितिमा वडा–पालिकास्तरमा अधिवेशन तथा प्रतिनिधिध चयन गर्नमा एमालेले अन्य दलको तुलनमा पहिलो पटक सार्मथ्य प्रदर्शन गरेका उनको धारणा रहेको छ । “पार्टीको सम्प्रभुता हरदम कार्यकर्तासँग रहन्छ, त्यसमा नेतृत्वको हस्तक्षेप हुनुहुँदैन । एमालेको सङ्गठन निर्माणको आधार कार्यकर्ता हो भन्ने हामी यसबीचमा प्रमाणित गरेका छौं”, उनले भने । 

‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकतालाई परास्त गरौँ, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गरौँ’ भन्ने नाराका साथ एमालेको दशौं महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । 


प्रकाशित मिति: सोमबार, ६ मंसिर, २०७८, २०:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९