मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा राप्रपाका उम्मेदवार दिपकबहादुर सिंह विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय डीनालाई दुई हजार ३८२ मतान्तरले पछि पार्दै सिंहले जित निकालेका हुन् ।
राप्रपाका केन्द्रीय सदस्यसमेत रहेका सिंहले कुल खसेको ९१ हजार ४८६ मतमध्ये २७ हजार ८१६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सहमहामन्त्री डीनाले २५ हजार ४३४ मत प्राप्त गरिन् । यसैगरी, नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा तेस्रो भएका छन् । उनले २५ हजार ४२० मत ल्याए ।
स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन र एमालेलाई हेटौडामा धक्का दिएर सनसनी मच्चाएका राप्रपा नेता दीपकबहादुर सिंहले प्रतिनिधि सभाको मतगणनाको अन्तिम समयमा झन् ठूलो सनसनी सिर्जना गरेर जित निकालेका छन् । स्थानीय तह निर्वाचनका बेला तेस्रो स्थानमा रहे पनि हेटौँडा उपमहानगरपालिकाको मेयरमा सुरुदेखि नै सिंहले प्राप्त गरेको प्रतिस्पर्धात्मक मतका कारण सनसनी नै मच्चिएको थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९