नयाँ सरकार गठनबारे देउवा, प्रचण्ड र माधवबीच छलफल

नयाँ सरकार गठनबारे देउवा, प्रचण्ड र माधवबीच छलफल


नयाँ सरकार गठनबारे देउवा, प्रचण्ड र माधवबीच छलफल

निर्वाचन परिणाम सार्वजनिक अन्तिम चरणमा पुगेसँगै सत्तारुढ गठबन्धनले सरकार निमार्णबारेमा छलफल सुरु गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका छन् । सत्तारुढ गठबन्धन आबद्ध दलहरू नयाँ सरकार बनाउने तयारीमा छन् । गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा एकल बहुमत नआएको अवस्थामा कसरी अघि बढ्ने भन्ने बारेमा पहिलो पटक कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।

समानुपातिकतर्फको निर्वाचनको परिणामपछि मात्रै सरकार बनाउनका लागि पुग्ने सांसद संख्याका बारेमा निर्क्योल हुने भएपछि सत्तारुढ गठबन्धनले आवश्यक संख्याका लागि अन्य दलसँग सहकार्य गर्न सक्नेछन् । 


प्रकाशित मिति: सोमबार, १२ मंसिर, २०७९, १४:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९