नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढ्ने बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभाको केही निर्वाचन क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी रहेका बेला उपाध्यक्ष पौडेलले यस्तो टिप्पणी गरेका हुन्।
रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले सोमबार बिहान बुटवलमा स्थानीय सञ्चारकर्मीहरूमाझ संक्षिप्त कुरा गर्दै मुलुकको विकास, समृद्धि र न्यायको अभियानलाई गति दिन पनि एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने जिकीर समेत गरे।
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि बहुमतको सरकार बनाउने एजेण्डाका साथ आफ्नो पार्टी निर्वाचनमा गएपनि सोही अनुसारको जनादेश प्राप्त हुन नसकेको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले प्राप्त जनादेशको सम्मान गर्दै अघि बढने स्पष्ट पारे।
उनले राष्ट्रलाई अघि बढाउने सन्दर्भमा आफ्नो पार्टीले संघीय संसद, प्रदेशसभाहरूमा पनि सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने पटकपटक दोहो¥याए ।
‘यस पटकको निर्वाचनमा नेकपा एमालेले यो आत्मविश्वासका साथ गएको होकि एजेण्डाको दृष्टिकोणले, देशलाई अघि बढाउने एजेण्डाको दृष्टिकोणले जनताका, राष्ट्रका समस्यालाई समाधान दिने दृष्टिकोणले हामीले उठाएको महत्वपूर्ण मुद्दा राजनीतिक स्थायित्वको मुद्दा थियो । राजनीतिक स्थायित्वका लागि नेकपा एमालेको नेतृत्वमा बहुमतको सरकार गठन गर्ने मुद्दा थियो । तर, आज यतिबेलासम्म आईपुग्दा हामीलाई बहुमत प्र्र्र्राप्त गर्न सम्भव भएन । हामी यो प्रकट भएको जनादेशलाई सम्मान गर्छौ । त्यसलाई स्विकार गछौं । र, त्यस अनुरूप अघि बढछौं,’ उपाध्यक्ष पौडेलले भने, ‘नेकपा (एमाले)ले राष्ट्रिय राजनीतिमा लिड रोल नलिँदासम्म देश अगाडि बढन सक्दैन । देशले अस्थिरताको चक्रव्यूहबाट मुक्ति पाउन सक्दैन । विकास, समृद्धि र सामाजिक न्यायको अभियानले गति प्राप्त गर्न सक्दैन भन्ने कुरा विगतको अनुभवले पनि स्पष्ट गरेको छ । त्यसकारण यो उपलब्ध सिच्यूएशनमा हामीले सकेसम्म मुलुकलाई नेतृत्व प्रदान गर्ने हिसावले हामीले पहलकदमी लिन्छौं । तदनुकूल हाम्रो भूमिका रहन्छ । राष्ट्रलाई अगाडि बढाउने सन्दर्भमा नेकपा (एमाले) आफ्नो हैसियत अनुरूपको सशक्त र प्रभावकारी भूमिकामा उपस्थित हुनेछ । नेकपा एमालेले मात्रै देशलाई सही दिशामा अघि लैजान सक्छ भन्ने अनुभूति मुलुकले गर्ने गरिकन हामी संघीय संसदमा, प्रदेशसभाहरूमा प्रस्तुत हुनेछौ। ’
उपाध्यक्ष पौडेलले रूपन्देही क्षेत्र नम्बर २ का आम मतदाताको सम्मान गर्दै उनीहरूको समृद्धिका लागि आफूले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। त्यस अवसरमा उनले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि सबै स्थानीय राजनीतिक पार्टीहरूको सुझाव लिएर अघि बढने बताए।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९