चीनको सेनजेनमा वर्षमान पुनको उपचार शुरु

चीनको सेनजेनमा वर्षमान पुनको उपचार शुरु


चीनको सेनजेनमा वर्षमान पुनको उपचार शुरु

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ को चीनको सेनजेनमा उपचार शुरु भएको छ । पुनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालको क्वारेन्टिनमा उपचार शुरु भएको हो ।

चौंथौ लहरको कोरोना महामारीका कारण चीनमा कडा लकडाउन छ । पूर्व अर्थ र ऊर्जामन्त्री समेत रहेका पुन लामो समयदेखि जण्डिसबाट पीडित छन् । पुन पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीले उपचार शुरु भएको र स्वास्थ्यमा सामान्य सुधार आएको जानकारी दिएकी छन् । नेपालबाट जाँदा जण्डिसको मात्रा (बिलरुबिन) २७ रहेकोमा अहिले घटेर २४ मा आएको जानकारी घर्तीले दिइन् ।

चुनावी धपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरुको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुवई, ग्वान्झाओ हुँदै सेन्जेन प्रस्थान गरेका थिए । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।


प्रकाशित मिति: बिहिबार, २२ मंसिर, २०७९, १२:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९