समानुपातिक सूचीले रास्वपामा विवादः कार्यकर्ताले घेरे पार्टी कार्यालय

समानुपातिक सूचीले रास्वपामा विवादः कार्यकर्ताले घेरे पार्टी कार्यालय


समानुपातिक सूचीले रास्वपामा विवादः कार्यकर्ताले घेरे पार्टी कार्यालय

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विवाद देखिएको छ । समानुपातिक सांसद चयनका विषयलाई लिएर पार्टीभित्र विवाद देखिएको हो । रास्वपाले गत असोजमा प्राइमरी इलेक्सन गरेर धेरै मत ल्याउनेहरूलाई प्रतिनिधि सभाको बन्दसूचीमा नाम राखेको थियो ।

प्राइमरी इलेक्सनमा मत कम आएका र बन्द सूचीमा क्रमअनुसार तल नाम रहेकालाई पार्टीले समानुपातिक सांसद चयन गर्न लागेको विरोधमा आज असन्तुष्टहरुले बसुन्धारास्थित केन्द्रीय कार्यालय घेर्दै विरोध सभा गर्न लागेका छन् । अहिले पार्टी केन्द्रीय कार्यालयमा ठूलो संख्यामा नेता–कार्यकर्ता जम्मा भएका छन् ।

पार्टी एक नेताका अनुसार आजै टुंगो गर्न लागिएको बन्दसूचीको विषयलाई लिएर विवाद भएको हो । ‘निर्वाचन आयोगले मागेको बन्दसूचीको विवरण आजै अन्तिम रुप दिने तयरी छ’, उनले भने, ‘तर केही नामका विषयमा असन्तुष्टि बढ्यो । उहाँहरु कार्यालयमा जम्मा हुनु भएको छ ।’

रास्वपाले प्राइमरी इलेक्सन गरेर सबैभन्दा बढी मत ल्याएकालाई समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको थियो। ४ मंसिरको चुनावमा समानुपतिकतर्फ १३ सिट जितेको छ । समानुपातिकका केही नामहरु रास्वपाले तलमाथि गर्न खोज्दा विवाद सतहमा आएको हो । सुनसरी क्षेत्र नम्बर २ बाट रास्वपा नेता लालविक्रम थापाले पार्टीलाई सही बाटोमा हिँडाउनुपर्ने बताएका छन् । उनले आज सवा ११ बजे रास्वपा केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा खबरदारी कार्यक्रममा सहभागी हुन बुधबारै आग्रह गरेका थिए ।


प्रकाशित मिति: बिहिबार, २२ मंसिर, २०७९, १३:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९