क्षयरोगका विरामी खोजिदै

क्षयरोगका विरामी खोजिदै


क्षयरोगका विरामी खोजिदै

काठमाडौँ, । काठमाडौँ उपत्यकामा लुकेका क्षयरोगका विरामि खोज्न शुरु गरिएको छ । 

जापान क्षयरोग निवारण संस्था र जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्थाले सयुक्त रुपमा उपत्यकामा क्षयरोगका विरामीलाई खोज्न शुरु गरेको हो । 

संस्थाले अहिलेसम्म उपत्यकाका १७ स्थानमा क्षयरोग खोज्नका लागि ‘ सक्रिय क्षयरोग खोज प्रताल’ कार्यक्रम शुरु गरेको छ । 

संस्थाका प्रमुख रामशरण गोपालीले खोजप्रताल गर्दा १।१ प्रतिशतमा क्षयरोगका विरामी भेटिएको जानकारी दिए। उनका अनुसार चार हजार २७३ जनामा क्षयरोग परीक्षण गर्दा ४५ जनामा विरामी भेटिएको छ । 

उनले उपत्यकामा रहेका शहरी गरिवी, स्वास्थ्य सेवाको पहुँच नभएका, एउटै कोठामा बस्ने जोखिम समूह, बृद्धाश्रम, होस्टेल, कलकारखानामा काम गर्ने मजदुरलाई लक्षित गरि खोज प्रताल कार्यक्रम संचालन गरेको बताए । 

संस्थाले क्षयरोगका लक्षण नभएका व्यक्तिमा क्षयरोगको परीक्षण गरिरहेको छ ।  काठमाडौँ महानगरको वडा नं. ८ को तिलगंगास्थित शान्ति सेवागृहमा क्षयरोगको परीक्षण गरि शुरु गरिएको उनले जानकारी दिए । गृहमा बसेका बालबालिका, बृद्धालाई लक्षित गरि परीक्षण शुरु गरिएको हो । उनका अनुसार दुई सय ५० जनाको निःशुल्क परीक्षण गरि उपचार गरिने छ । 

छातीको एक्सरे गरेपछि क्षयरोगको शंका लागेपछि ‘टीवी ल्याम्प’ र ‘जीन एक्सपर्ट ’विधिबाट खकार परीक्षण गरिन्छ ।

 क्षयरोगका विरामी भेटिए स्वास्थ्य संस्थामार्फत औषधी सेवन गराउने गर्दछ।  

संस्थाका प्रमुख गोपालीले जोखिममा रहेका ठाउँका मानिसमा क्षयरोग पत्ता लगायो भने क्षयरोगलाई नियन्त्रण गर्न सकिने बताए ।

नेपालले सन् २०३५ सम्म क्षयरोगलाई नियन्त्रण गर्ने लक्ष्य लिएको छ । सरकारले क्षयरोगका विरामीलाई निःशुल्क उपचार गर्दै आइरहेको छ ।


प्रकाशित मिति: आइतबार, ३ पुस, २०७९, १२:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९