नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।
बुधबार बिहान सिंहरदरबारस्थित दलको कार्यालयमा भएको मतदानका क्रममा देउवा ६४ मतसहित दलको नेतामा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गरेका छन्। थापालाई शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, युवा नेता प्रदीप पौडेललगायतको समर्थन थियो भने देउवालाई उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतको समर्थन थियो ।
दलको नेता चुनिन ५० प्रतिशत मत कटाउनुपर्ने थियो। यसअनुसार दलको नेता बन्न ४५ सांसदको समर्थन आवश्यक थियो। देउवाले पहिलो चरणमै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन्। दलको नेतामा निर्वाचित भएसँगै देउवाका लागि छैटौं पटक प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९