अरु को–को बने मन्त्री?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन उपप्रधानमन्त्रीले शपथ लिएका छन् । तीन उपप्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, एमालेका विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने रहेका छन् ।
श्रेष्ठले भौतिक, पौडेलले अर्थ र लामिछानेले गृह मन्त्रालयको शपथ लिएका छन् । त्यसबाहेक करिब १० जनाले शपथको तयारी गरेको भए पनि अन्तिममा भने सात मन्त्रीले मात्रै शपथ लिएका थिए । नेकपा एमालेले पौडेलसँगै ज्वाला साह, राजेन्द्रकुमार राई र दामोदर भण्डारीलाई पनि सरकारमा पठाएको छ ।
उनीहरुको पनि शपथ भएको छ तर मन्त्रालय भने पछि टुंगो लगाइने भएको छ । राष्ट्रिय जनमत पार्टीका तर्फबाट अब्दुल खानलाई उद्योगमन्त्रीको रुपमा शपथ गराइने तयारी भए पनि अहिले भने विना विभागीय मन्त्रीको रुपमा शपथ गराइएको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९