नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचनको लागि तयारी पूरा भएको छ ।
काठमाडौ । नेकपा एमाले केन्द्रीय कार्यालयस्थित आयोगको कार्यालयले आन्तरिक तयारी पूरा गरेको जानकारी गराएको हो । आयोगले विहीवारदेखि निर्वाचन प्रक्रियाका लागि चितवनको सौराहामा कार्यालय सञ्चालन गर्ने छ ।
नेकपा एमालेको ऐतिहासिक अधिवेशनको उद्घाटन समारोह मंसिर १० गते चितवनको नारायणी किनारमा हुँदैछ । महाधिवेशनको बन्दसत्र सौराहको सेभेन स्टार होटलमा मंसिर ११ गते गरिने कार्यक्रम तय भएको छ । आयोगले त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन गर्नेछ ।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम वनाएको छ । उक्त दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका बनाएको छ भने ११ गते वेलुकी ६ वजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मंसिर १२ गते मतदान प्रक्रिया हुने छ ।
एक सय वटा भोटिङ मेशिनको व्यवस्था
एकसय वटा विद्युतीय मतदान मेशिन (इलेक्ट्रोनिक भोटिङ मेशिन) बाट मतदान गराउने योजना निर्वाचन आयोगको छ । आयोगले ९२ वटा मेशिनहरु निर्वाचनका लागि प्रयोग गर्ने छ । तीन वटा मेशिन नमूना मतदानका लागि आयोगको कार्यालय अगाडि खुला रुपमा राखिने छ । ती मेशिनहरु मतदान कसरी गर्ने सिक्नका लागि राखिने छ । पाँच वटा मेशिनहरु जगेडामा राखिने छ । मतदानका क्रममा कुनै मेशिनमा गडवडी आएमा जगेडाका मेशिनहरु प्रयोग गरिने छ ।
एक जना प्रतिनिधिलाई मतदान गर्न सरदर आधा घण्टा लाग्ने अनुमान छ । एउटा मेशिनमा करिब २२ जनादेखि ३० जनाले मतदान गर्ने छन् । मतदान सकिएको करिब दुई घण्टाभित्र नतिजासमेत आउने गरी मतगणनाको व्यवस्था गरिने छ । प्रत्येक मेशिनबाट अलग अलग मतगणना गर्ने भएको हुँदा त्यति समय लाग्ने आयोगको भनाई छ । आपसी सञ्जालमा जोडिएको खण्डमा त्यो भन्दा चाँडो नतिजा आउनसक्छ ।
५० क्षेत्रमा निर्वाचन हुने
नेकपा एमालेको विधान अनुसार विभिन्न ५० वटा क्लस्टरमा निर्वाचन गर्नुपर्ने हुन्छ । १५ जना पदाधिकारीसहित दुई सय २५ जनाको केन्द्रीय कमिटी हुने छ । केन्द्रीय अनुशासन आयोगमा १५ र केन्द्रीय लेखा आयोगमा १५ गरी ३० जना निर्वाचित हुने छन् ।
क्र.सं. |
क्षेत्र |
खुला |
महिला |
जम्मा |
१ |
पदाधिकारी |
१५ |
१५ |
|
२ |
७ वटा प्रदेश |
२८ |
१४ |
४२ |
३ |
उपत्यका विशेष |
१ |
१ |
२ |
४ |
सम्पर्क समन्वय |
१ |
१ |
२ |
५ |
आदिवासी जनजाति |
१५ |
७ |
२२ |
६ |
मधेसी |
११ |
५ |
१६ |
७ |
दलित |
७ |
३ |
१० |
८ |
थारु |
४ |
२ |
६ |
९ |
मुस्लिम |
३ |
१ |
४ |
१० |
श्रमिक |
३ |
२ |
५ |
११ |
पिछडिएको क्षेत्र |
२ |
१ |
३ |
१२ |
खुला क्षेत्र |
६० |
३८ |
९८ |
जम्मा |
१५० |
७५ |
२२५ |
केन्द्रीय आयोगको निर्वाचन
पद |
अध्यक्ष |
उपाध्यक्ष |
सचिव |
महिला सदस्य |
खुला सदस्य |
जम्मा |
केन्द्रीय अनुशासन आयोग |
१ |
१ |
१ |
५ |
७ |
१५ |
केन्द्रीय लेखा आयोग |
१ |
१ |
१ |
५ |
७ |
१५ |
प्रतिनिधिलाई उम्मेदवारको जानकारी
निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिहरुलाई मतदान गर्न सहज बनाउन मंसिर ११ गते राती नै मोबाइलमा उम्मेदवारको विवरण उपलब्ध गराउने छ । मंसिर १२ गते विहानसम्म उम्मेदवारको तस्बिर, क्रम नम्बर र नामसहितको प्रकाशित प्रति प्रतिनिधिको हातहातमा पु¥याइसकिने छ । मतदान गर्न सजिलोको लागि प्रतिनिधिहरुलाई प्रकाशित प्रति साथै लान छुट दिइने छ ।
मतदान गर्ने तरिका
निर्वाचन आयोगले प्रतिनिधिलाई मतदान गर्न सहज वनाएको छ । विद्युतीय मतदान मेशिनमा उम्मेदवारको विवरण हुन्छ । रोजेको विवरणको रातो स्वस्तिक चिन्हमा औलाले थिच्ने वित्तिकै मतदान हुन्छ । भूलवस गलत ठाउँमा थिचिएको भए पुनः त्यहीँ स्वस्तिकमा थिचेर सच्याउन सकिन्छ ।
निर्वाचनका क्रममा तोकिएको संख्या भन्दा वढी मतदान गर्न मिल्दैन । कम संख्यामा भने मतदान गर्न पाइन्छ ।
प्यानल र प्रचारमा बन्देज
आयोगले निर्वाचनको क्रममा प्यानल बनाउन नपाउने व्यवस्था गरेको छ । कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियम अनुसार कार्वाहीको व्यवस्था गरेको छ ।
कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, व्यानर जस्ता कुनै पनि सामग्री वितरण गर्न वन्देज गरेको छ । उम्मेदवारले आफ्नो पहिचान खुल्ने परिचयवाहेक अन्य सामग्रीहरु सार्वजनिक गरेमा नियमअनुसार कार्वाही गरिने छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९