काठमाडौँ, । दैनिक विरामीको उपचारमा खटिने डा. तोसिमा कार्कीको जिम्मेवारी फेरिएको छ । आज भन्दा दुई महिना अघि शल्य चिकित्सकको रुपमा रहेकी भएका डा. कार्की अव प्रतिनिधि सभा सदस्यको भूमिमा संसद्मा रहेकी छन् ।
यहि मङ्सिर ४ गते सम्पन्न भएको आमनिर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीतर्फबाट ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित भएकी थिइन । आफ्ना निकटम प्रतिद्धन्दिलाई फराकिलो मतान्तरले हराउँदै उनी जनताबाट अनुमोदन भएकी छन् ।
उनले ३१ हजार एक सय ३६ मत प्राप्त गरेर विजय हुनु भएको थियो । उनका निकटत प्रतिद्धन्दि नेकपा (एमाले)का अमृत खड्काले १२ हजार ९६३ र नेकपा (माओवादी केन्द्र)का पम्फा भुसालले आठ हजार ७ सय ६९ मत पाएकी छन्
वहालवाला उर्जा मन्त्री पम्फा भुसाललाई हराएर निर्वाचित हुनु भएका उनको ध्यान सरकार रहेर स्वास्थ्य सेवा सुधार्नतफ रहेको छ । त्यसैका लागि उनको पार्टी सरकारमा सहभागि भएको छ ।
सरकारले पूर्णता पाउने तयारीमा रही रहेको वेला डा. कार्की आफ्नो विज्ञता अनुसार पार्टीले आफूलाई सरकारमा सहभागि गराउन अपेक्षा राखेकी छन् । सरकारमा जाने वित्तिकै डा. कार्कीका जनमानसमा सर्वसुलभ गुणस्तर स्वास्थ्य पु¥याउने पहिलो काम नै रहेको छ ।
कति मानिसहरु गरिवीका कारणले स्वास्थ्य सेवा पाउन नसकेको उहाँले आफ्नो आँखाले नै देखिन् । ति गरिवी निमुखा पैसाको अभावले उपचार सेवाबाट बन्चित हुन नपरोस् र सवै नेपालीले संविधानले उल्लेख गरि अनुसार आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन उनी आफू लागिपर्ने बताउँछिन् ।
यस्तै उनको ध्यान अहिले कोरोना भाइरस नियन्त्रणमा समेत रहेको छ । छिमेकी मुलुक भारत र चीनमा विएफ ७ नामक नयाँ भेरियन्ट फैलिरहेको अवस्थामा नेपालमा पनि नआउन भन्न सकिन्न । त्यसैले उक्त नयाँ भाइरसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर उहाँ आफ्नो कार्ययोजना बनाइरहेकी छन्।
डा. कार्की राजनीतिक दलको नेतृत्वले मुलुकलाई सहि गन्तव्यमा लैजान नसक्ने भएपछि आफू राजनीतिमा आएको बताउँछिन् ।
आफू भन्दा बरिष्ठ चिकित्सक भएपनि उहाँबाट राम्रो स्वास्थ्य सेवा दिन नसकिरहेको, गुणस्तर स्वास्थ्य सेवा जनतासमक्ष नपुगेकोेले समग्र स्वास्थ्य सेवालाई सुर्धानका लागि चिकित्सक पेशा सम्भव नभएपछि उनी राजनीतिलाई रोजेकी हुन्
“एउटा चिकित्कसले मात्र समग्र स्वास्थ्य सेवा सुधार गर्न नसक्ने अवस्थामा मैले देखे । समग्र स्वास्थ्यको विकृती विसगंती सुधार गर्नका लागि त जनप्रतिनिधि हुनुपर्दछ भन्ने मलाई लाग्यो । अनि राजनीतिमा हाल हालेको हुँ । म सफल भए, ” उनले भनिन् ।
आफू स्वास्थ्य क्षेत्रको विकृति, विसंगति बुझेको र त्यो हटाउनका लागि स्वास्थ्यलाई केन्द्रविन्दुमा राखेर राजनीतिका लागेको उनको भनाई रहेको छ । उनीसंग राससका शरद् शर्माले गरेको कुराकारीको सम्पादित अंश ।
संसद बैठक यहि पुस २५ गते डाँकिएको छ । त्यो भन्दा अगाडि आजकाल के गरिरहनु भएको छ ।
अहिले म सामाजिक संजालमार्फत जनताको गुनासो सुनिरहेको छु । फेसवुक, ट्वीट्र, ह्वाटस अप, इमेल, लगायतका समाजिक संजालमार्फत मैले जनताका गुनासो लिइरहेको छु ।
यस्तै निर्वाचन क्षेत्रमा विभिन्न भेला युवा महिला समूहले आफ्नो गुनासो सुनाइरहनु भएको छ ।
अहिले ति गुनासोलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर मैले अध्ययन गरिरहेको छु । आफ्नो निर्वाचनमा क्षेत्रमा खानेपानी, वाटो अवस्था कस्तो छ भनेर हेरिरहेको छु । यस्तै प्रदेश सभा र दुई जना नगरप्रमुखसंग पनि विकास निर्माणबारे छलफल गरेको छु ।
एउटा चिकित्सक जनतालाई सेवा दिइरहनु भएको थियो । किन राजनीतिममा सक्रिय हुनु भयो ?
म मेडिकल विद्यार्थीदेखि नै भ्रष्टाचार, पैसाको चलखेल, लुटतन्त्र जस्ताको मेडिकल शिक्षामा भर्ना देखिएको विकृति मेरिट भर्नाको संख्या मिचेर अरुलाई भर्ना गर्ने जस्ता कुरा आफूले आखाले देखेको थिएँ । त्यसका विरुद्ध म त्यतिवेला देखि नै आफूलाई अलिअलि राजनीतिकमा सक्रिय गराएको थिएँ ।
डा. गोविन्द केसीले उठाएका समग्र स्वास्थ्यका सुधारमा मागलाई मैले पनि अभियान चलाएको थिए । सेवा मात्र गरेर हुँदैन कुनै पदमा पनि पुग्नु पर्दछ भनेर मैले नेपाल मेडिकल काउन्सिलको सदस्य निर्वाचित भए ।
काउन्सिलको सदस्य हुँदा चिकित्सक कसरी काम गर्दछन, चिकित्सक नीति नियम बनाउने काम गरे । त्यहाँबाट पनि मलाई प्रेरणा पाए ।
अर्को कुरा पैसाको अभावले उपचार गर्न नपाएर मर्नुपर्ने अवस्था, आकस्मिक स्वास्थ्य सेवाबाट विरामीले उपचार गर्न नपाइरहेको मैले आफ्नो आँखाले देखे । तर मलाई कताकता नराम्रो लाग्यो, । तर म त्यतिवेला काउन्सिलमा रहेको थिए । त्यहाँबाट समग्र स्वास्थ्य सेवा सुधार्न गर्न अवस्था थिएन । अनि अव मेडिकल काउन्सिलमा मात्र सिमिति हुनु हुदैन ।
गरिवी पैसाको अभावले उपचार गर्न नपाएका मानिसको सेवा गर्नुपर्दछ भन्ने सोच आयो र त्यो सोचलाई एउटा चिकित्सकबाट सम्भव थिएन । जव म नीति निर्माण तहमा पुगेर मात्र स्वास्थ्य सुधार गर्न सकिन्छ भन्ने लाग्यो ।
आफू गरेका स्वास्थ्यका कामलाई जनताले पनि साथ दिएकोले र समयको आवश्यकता पनि बुझ्दै गएपछि अव राजनीतिबाट नै समाजलाई परिवर्तन गर्नुपर्दछ भनेर राजनीतिमा सक्रिय गराएको हुँ ।
अरुले गर्न सकेनन भनेर कति आलोचना मात्र गर्ने ? अनि आफै स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्नुपर्दछ भन्ने मलाई लाग्यो ।
आफूमा स्वास्थ्य क्षेत्रको नेतृत्व गर्ने क्षमता देख्नु भएको छ
हो म एउटा चिकित्सक हुँ । म नेतृत्व गर्ने क्षमता भएको, स्वास्थ्य समस्या बुझेको र युवा नेतृत्वले नै मुलुकलाई अगाडि बढाउन सक्दछन भन्ने देखाउन म यस क्षेत्रमा लागेको हो ।
स्वास्थ्यमा विकृती के के देख्नुभयो ।
अरु क्षेत्र भन्दा बढी स्वास्थ्यमा विकृति रहेका छन् । कति विरामीसंग पैसा नहुँदा अस्पतालबाट फिर्ता पठाउने गरेको हामी आफैले भोगेका छौ । हामीसंग समान छ, चिकित्सक छ तर विरामीसंग पैसा नभएको कारणले उपचार गर्न पाएका छैनन् ।
के पैसा नहुँदामा मानिसलाई स्वास्थ्य सेवा उपचार गर्न नपाउने भन्ने छ र ? राज्यको यो भन्दा ठूला अन्याय के हुन सक्दछ र ? संविधानमा स्वास्थ्य सेवा निःशुल्क भनेको छ तर जनताले कहिल्यै गुणस्तर स्वास्थ्य सेवा पाएका छैनन् ।
नीजि अस्पतालले आफू खुशी विरामीबाट पैसा लिइरहेका छन् । तर यसको कुनै मापदण्ड रहेको छैन । कुन उपचारको कति दर भन्ने तोकिनु आवश्यक रहेको छ । नीजि अस्पताल मात्र गुणस्तर हुँदै जाने महंगा र सरकारी अस्पतालको गुणस्तर खँस्कदो अवस्था जाने गरेको छ । यसलाई सुधार गर्नुपर्दछ ।
उपचार गर्न घण्टौ लाइनमा बस्नु परेको छ । जनताले भनेको उपचार पाएका छैनन । निः शुल्क औषधी उपलब्ध भएको छैन । ब्लड विरामीले भनेको समयमा पाएको छैन । । एम्बुलेन्स भनेको वेला पाइदैन । स्वास्थ्यको कुनै पनि एकिकृत योजना रहेका छैन । यस्तै स्वास्थ्यका विकृत रहेका छन् ।
मुलुकमा अरु पार्टी थिए । भर्खरै खुलेको पार्टीमा किन लाग्नु भयो ?
हिजो पनि नेतृत्व र पार्टी थिए । तर तिनले गरेनन । पुराना नेताबाट सम्भावना नदेखेपछि म नयाँ पार्टीमा प्रवेश गरको हुँ । ति पार्टीमा प्रवेश गर्ने हो भने धेरै बर्ष झण्डा वोकेको हिड्नु पर्दछ ।
ति पार्टीका नेताले भनेजस्तो गरिदिनुपर्ने हुन्छ । बर्षौदेखि झण्डा वोकेका कतिपयले अहिले निर्वाचनमा टिकट पाएनन । कुहिएको सकेको बृक्षमा राम्रो फलको अपेक्षा गर्न सकिदैन । तर भर्खर विजारोषण गरेको बुक्षमा आफै माली बनेर गोडमेल गर्न सकिन्छ ।
संविधानमा आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क भनेको छ कसरी संसदमा उठाउनुहुन्छ ।
संधिवानको धारा ३५ अनुसार कुनै पनि मानिस आधारभूत स्वास्थ्य शिक्षाबाट बन्चित हुनु पदैन । यो सुनिशिचत भएको छैन । प्रत्येक नागरिकलाई अनिवार्य स्वास्थ्य विमा प्रभावकारी ढंगले लागु गर्नुपर्दछ । यो आवाज उठाउने हो ।
स्वास्थ्यमा एकिकृत योजना ल्याउनुपर्दछ । बनेको नीतिको नियमन गर्नुपर्दछ ।
स्वास्थ्य सेवामा लिन जनताले घण्टौ लाइन लाग्नुपर्दछ ? यसको अन्त्य तपाई कसरी गर्नुहुन्छ ।
नेपालमा अहिले ठूला ठूला अस्पताल औलामा गन्न सकिने अवस्था रहेको छ । नीजि अस्पतालमा आम नागरिकले खर्च धान्न सकिदैन । त्यसैले आधारभूत स्वास्थ्य सेवा वडा कार्यालयबाट नै उपलब्ध गराउनु पर्दछ ।
वडावडामा वडा क्लिनिल, जिल्ला अस्पतालमा सेवा थपेर त्यही नै विशेषज्ञ सेवा दिन सक्नुपर्दछ । त्यही नभएर मानिसहरु उपचारका लागि घण्टौ लाइन लाग्नु परेको छ । त्यस्तै अस्पतालमा स्वास्थ्यकर्मीको दरवन्दी थपिनु पर्दछ र औषधी निःशुल्क उपलब्ध गराउनुपर्दछ ।
तपाईको पार्टीले सरकारमा मन्त्रीका लागि अवसर दिए जानुहुन्छ ?
आममानिसले तपाईले स्वास्थ्य बुझ्नु भएको छ तपाईले नै स्वास्थ्य मन्त्रालयले चलाउनु पर्दछ भनेर भनिरहेका छन् । मलाई जनताले त्यही अनुमोदन गरेर संसदमा पठाउनु भएको छ । मेरो स्वास्थ्यका नारा नै त्यही हो ।
अर्को कुरा हिजोका दिनमा हामीले कोभिड–१९, डेङगुको सङ्क्रमणको अवस्था देख्यो । हामी जस्तो व्यक्ति त्यस ठाउँमा भएको भए पक्कै पनि न्यूनिकरण गर्न सक्ने थियो जस्तो लाग्छ ।
अव बन्ने सरकारले स्वास्थ्य क्षेत्रमा के के गर्नुपर्दछ भनेर खाका पनि तयार पार्न थालिसकेको छु ।
कोभिड—१९ महामारी भारत र चीनमा फैलिन अवस्था एकदम तीव्रदरमा भइरहेको छ । चीनमा अनियन्त्रित भइसकेको छ । अव विएफ ७ नामकको भेरियन्ट नेपालमा भित्रन नदिनका लागि हामीले योजना बनाउनुपर्दछ ।
अर्को महामारी झेल्नका लागि देशले धान्न सक्दैन । अर्थतन्त्रलाई पनि नविग्रार्न र बन्दाबन्दी (लकडाउन) सम्म नपुग्न दिनका लागि पूर्व तयारी गरेर रोकथाम र नियन्त्रणका उपायहरु अपनाउनु पर्दछ । यो ढिलाई गर्नुहुँदैन । यहि हाम्रो पार्टीले स्वास्थ्य मन्त्रालय पाएको खण्डमा मैले स्वास्स्थ्य मन्त्रालय लिने मैले सोचिरहेको छु । तर मेरो क्षमता अनुसार कुनै पनि मन्त्रालय चलाउन सक्दछु । पार्टीमा छलफल भइरहेको छ ।
अरु स्वास्थ्यमन्त्री र तपाईमा जनताले र मुलुकले के फरक पाउँछन त ?
म स्वास्थ्य क्षेत्रमा मानिस हुँ । नीति निर्माण तहमा एकपटक काम गरिसकेको छु । र चिकित्सक हुँदा चिकित्सा शिक्षा विरुद्धका वेथिति चलाएर सफल पनि भएको छु ।
म र उहाँमा फरक भनेको म चिकित्सक हु ।
स्वास्थ्यमन्त्री एउटा चिकित्सक हुँदा उसले समग्र स्वास्थ्यका हरेक प्रणाली, तह बुझेको हुन्छ । स्वास्थ्यलाई मिहिन तरिकाले बुझ्न सक्दछौ । हामी युवा छौ । इमान बेच्दैनौ । त्यही कारण फरक छौ ।
स्वास्थ्यमा १० प्रतिशत बजेट विश्व स्वास्थ्य संगठनले भनेको छ । तर नेपालमा पुग नपुग ७ देखि ८ प्रतिशतमात्र छुट्टाउने गरिएको छ । तर त्यसमा पनि आधाभन्दा बढी फ्रिज भएर जान्छ
। छुट्टाइएको बजेट मात्र खर्च गर्ने हो भने मुलुकमा स्वास्थ्यमा धेरै फडे्को मार्न सकिन्छ । अवको पाँच बर्षमा आम नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पु¥याउँछु भन्ने एजेण्डालाई हामीले स्थापित गराउनु पर्दछ ।
मन्त्री हुनु भएन । सांसद मात्र हुनु भयो भने कसरी भूमिका निर्वाह गर्नुहुन्छ ।
हिजो म संसद नहुदा पनि आम नागरिकको मुद्दा उठाएको छु । स्वास्थ्यका हरेक मुद्दा बोलेको छु ।
अव सांसद हुँदा स्वास्थ्य क्षेत्रमा नीति नियमन गर्ने, नबनेका नीति निर्माण गर्ने । स्वास्थ्य विमालाई कसरी प्रभावकारी बनाउने भन्ने नीति निर्माण तहमा काम गर्न सक्दछौ । मन्त्रालयलाई सुझाव दिन्छु ।
स्वास्थ्य क्षेत्र सुधार गर्न के छ योजना ?
सवभन्दा पहिले स्वास्थ्य क्षेत्रका विकृति हटाउने लाग्ने छु । स्वास्थ्य विमा कसरी प्रभावकारी बनाउने भन्ने मैले खाका बनाइरहेको छु ।
अस्पताल संचालन निर्देशिका हेरिरहेको छु ।
मापदण्ड अनुसार हुनुपर्ने अस्पतालका पूर्वाधार रहेका छैनन । दरवन्दी छैन । त्यसमा के गर्न सकिन्छ भन्ने अगाडि बढाएका छौ ।
सरकारी स्वास्थ्य संस्थाको स्वास्थ्य गुणस्तर हुनुपर्ने र निःशुल्क उपलब्ध गराउने पहल गरिने छ । निःशुल्क पाउने औषधी उपलब्ध गराउने, प्रदेशमा रहेका मेडिकल कलेज चिकित्सा शिक्षा शुरु गराउने र डा. गोविन्द केसीसंग पनि निरन्तर स्वास्थ्यका सुधारका मुद्दाका बारेमा छलफल गरिरहेका छौ ।
उहाँका मुद्दा सम्झौता गर्ने र कार्यन्वयन नगर्ने गरिएको छ । हामीले उहाँसंग गरिएका सम्झौता कार्यन्वयन गराउन पहल गर्दछौ ।
तपाईलाई जनताले के बनेको चाहेका छन्
स्वास्थ्य मन्त्रीको रुपमा सवैले देख्न चाहेका छन् । कुनै पनि मन्त्रालय हामी सम्हाल्न सक्ने क्षमता म मा छ ।
स्वास्थ्य मन्त्रालय हाम्रो पार्टीले पाउँछौ भनेर स्वास्थ्यको विस्तृत अध्ययन गरेका छौ । समस्या पहिल्याएका छौ । समाधान के हो भनेर बुझेका छौ । अवको पाँच बर्षमा जनताले चाहेको स्वास्थ्य सेवा (डेलिभरि) हामीले दिनसक्छौ ।
तपाईको पहिलो काम के हुन्छ ।
मेरो पहिलो काम कोभिड महामारीको जोमिखलाई नियन्त्रण गर्ने हो । चौथो महामारी हुन नदिने र भएपनि रोकथाम गर्ने भूमिका रहन्छ । त्यसको लागि गृहमन्त्रालयसग समन्वय गर्नुपर्दछ । सार्वजनिक ठाउँमा अनिवार्य मास्क लगाउने ।
मास्क नलगाउने मानिसलाई अनिवार्य जरिवाना गर्नुपर्दछ । सेनिटाइर स्थलमा सरकारले नै व्यवस्था गरिदिन्छौ । मास्क र सेनिटाइजरको हाहाकार हुन दिने छैनौ । अहिलेदेखि नै उत्पादन कम्पनीलाई मास्क र सेनिटाइजर उत्पादन गर्न भन्छौ ।
हिजो भएका अक्सिजन प्लान्ट कहाँ छ तिनलाई स.चालन गर्नुपर्दछ । भेन्टिलेटर थन्किएका छन तिलाई संचालन गर्नुपर्दछ ।
हिजो होटेललाई क्वारेन्टिन बनाउन सकिएका थिएन ।
अहिले नै साना, मझौला र ठूला होटेलसंग क्यारेन्टिनका लागि कुरा गर्नुपर्दछ । विद्यालयमा रहेका छात्रावास, सर्वाजनिक स्थलमा क्यारेन्टिन बनाउन लागि तयारी गर्नुपर्दछ । भारतमा फैलिरहेको छ । यसले विकाराल रुप लिन सक्ने अवस्था मैले बुझेको छु ।
फेरि पनि लकडाउन हुनसक्ने अवस्था आउन सक्दछ । चीनमा अनियन्त्रित
मन्त्रालयले कोभिड नियन्त्रण गर्नका लागि चाँडै नै आफ्नो तयारी गर्नुपर्दछ । त्यसको लागि मन्त्रालयले जनचेतना फैलाइहाल्नु पर्दछ । जभाभावी भारत र चीनमा अत्यावश्यक काम बाहेक नजान आग्रह गर्नुपर्दछ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९