एमालेले नयाँ सांसदलाई प्रशिक्षण दिदै

एमालेले नयाँ सांसदलाई प्रशिक्षण दिदै


एमालेले नयाँ सांसदलाई प्रशिक्षण दिदै

काठमाडौं, । नेकपा एमालेले संघीय साँसदका नवनिर्वाचित साँसदहरुलाई आज संसदमा निर्वाह गर्नुपर्ने भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा प्रशिक्षण दिने भएको छ ।

पार्टी संसदीय विभागले आयोजना गरेको कार्यक्रममा विभिन्न पाँचवटा विषयमा विज्ञहरुबाट प्रशिक्षण दिइने विभाग प्रमुख शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन्। तुम्बाहाम्फेका

अनुसार नयाँ साँसदहरुलाई संसद बैठकमा कसरी प्रष्तुत हुने विषयमा तयारी गराउनका लागि यो प्रशिक्षण आयोजना गरिएको हो ।

दिउसो १ बजे संघीय संसद भवनको ल्होत्से हलमा आयोजना हुने कार्यक्रममा संसद सचिवालय र साँसदहरुको अन्तरसम्बन्धका बारेमा संसद सचिवालयका सचिव सुदर्शन खड्काले प्रशिक्षण दिने छन् ।

यसैगरी कानुन तर्जुमा प्रक्रियामा साँसदहरुको भूमिकाको विषयमा पूर्व कानुन मन्त्री माधव पौडेलले प्रशिक्षण दिने कार्यसुची छ ।

यसैगरी संसदीय समितीको प्रभावकारिता र साँसदहरुको भूमिका विषयमा प्रशासनविद्ध काशीराज दाहालले प्रशिक्षण दिने छन् । यसैगरी भौतिक तथा मानवीय विकासमा साँसदहरुको भूमिका कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पूर्व सचिव शिशिर ढुंगानाले प्रशिक्षण दिने कार्यक्रम छ ।

कार्यक्रमको उद्घाटनमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले साँसदहरुले संसद बैठक र संसदीय समितीका बैठकमा प्रष्तुत हुँदा पार्टीका एजेण्डामा आधारित भएर प्रष्तुत हुन निर्देशन दिने छन् । 


प्रकाशित मिति: शनिबार, २३ पुस, २०७९, ११:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९