एमाले स्थायी कमिटी बैठक बन्दसत्रका लागि अध्यक्ष मण्डल र माइन्यूट कमिटी गठन

एमाले स्थायी कमिटी बैठक बन्दसत्रका लागि अध्यक्ष मण्डल र माइन्यूट कमिटी गठन

बन्दसत्रका लागि अध्यक्ष मण्डल र माइन्यूट कमिटी गठन


एमाले स्थायी कमिटी बैठक बन्दसत्रका लागि अध्यक्ष मण्डल र माइन्यूट कमिटी गठन

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठक हिजो मंगलबारसाँझ तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा सम्पन्न भयो । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल र माइन्यूट कमिटी गठन गरेको छ ।

११ सदस्यीय अध्यक्ष मण्डलमा केपी शर्मा ओली, उपाध्यक्षहरु  युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, छबिलाल विश्वकर्मा र केन्द्रीय सदस्य लालवावु पण्डित र गोमा देवकोटा रहनुभएको छ ।
त्यस्तै, बैठकले सात सदस्यीय माईन्यूट कमिटी गठन गरेको छ । सो कमिटीमा  सचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्यहरु सूर्य थापा, बिष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहनुभएको छ । बैठकले मनोनित गरिने पाँच प्रतिशत प्रतिनिधिको पनि टुंगो लगाएको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो । 


प्रकाशित मिति: बिहिबार, ९ मंसिर, २०७८, १६:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९