सत्तागठबन्धनले टुंगायो प्रदेश सरकार (कुन दलले कुन प्रदेश )

सत्तागठबन्धनले टुंगायो प्रदेश सरकार (कुन दलले कुन प्रदेश )


सत्तागठबन्धनले टुंगायो प्रदेश सरकार (कुन दलले कुन प्रदेश )

काठमाडौँ ।सत्ता गठबन्धनले प्रदेश सरकार गठनका लागि सहमति जुटाएको छ । 

आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सातै प्रदेशको सरकार गठनमा सहमति जुटाएको हो ।सहमति अनुसार, एमालेले प्रदेश १ सँगै गण्डकी र लुम्बिनी प्रदेशको मुख्यन्त्री पाउनेछ । प्रदेश १ मा एमाले संसदीय दलका नेता हिक्मत कार्की आइतबार साँझ नै मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् ।

यसैगरी, कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने भएको छ । बागमती र सुदूरपश्चिम प्रदेशमा भने एमाले-माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्नेछन् ।  यस्तै, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालाे सरकारको नेतृत्व गर्ने सहमति भएको जनाएको छ ।

स्रोतका अनुसार  प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसभाको सभामुख माओवादी केन्द्रले पाउने सहमति भएको छ ।  यसैगरी मधेस र कर्णाली प्रदेशसभाको सभामुख एमालेले र बागमती प्रदेशसभाको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीले पाउने सहमति भएको छ ।


प्रकाशित मिति: आइतबार, २४ पुस, २०७९, २१:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९