अनेरास्ववियु राष्ट्रिय महाधिवेशन फागुन र अनेमसंघको चैतमा

अनेरास्ववियु राष्ट्रिय महाधिवेशन फागुन र अनेमसंघको चैतमा


अनेरास्ववियु राष्ट्रिय महाधिवेशन फागुन र अनेमसंघको चैतमा


काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियु २३ औ राष्ट्रिय महाविधेशन आगामी फागुन र अखिल नेपाल महिला संघ (अनेमसंघ)को सातौ राष्ट्रिय सम्मेलन चैतमा हुने भएको छ । 

अनेरास्ववियुका महासचिव समिक बडालले आगामी फागुन २ गतेदेखि ४ गतेसम्म २३ औ राष्ट्रिय महाअधिवेशन गर्ने निर्णय गरिएकोे जानकारी दिए ।

महाधिवेशन ‘निशुल्क स्वास्थ्य, शिक्षा र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरिय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नारा सहित काठमाडौँमा हुने छ । 

अनेरास्ववियुको यसअघि २०७२ सालमा २२ औ राष्ट्रिय अधिवेशन भएको थियो । नेकपा (माओवादी केन्द्र)संग पार्टी एकताभएपछि अखिलको अधिवेशन हुन सकेको थिएन । 
महाअधिवेशन अघि माघ १५ गतेभित्र अधिवेशन हुन बाँकी भएका कमिटीको अधिवेशन गर्न भनिएको छ ।

महाधिवेशनकालागि माघ २५ गतेभित्र महाधिवेशन प्रतिनिधि छनौट गरि केन्द्रमा पठाउन समेत भनिएको छ । 

माघ २० गते स्ववियु निर्वाचन सम्पन्न भएका कमिटी, माघ २१ गते देशभरिका जिल्ला कमिटी तथा माघ २३ गते प्रदेश कमिटी, विश्वविद्यालय राष्ट्रिय कमिटी, केन्द्रीय सम्पर्क कमिटी  र प्रदेश सम्पर्क कमिटीबाट प्रनिििनध छनौट गरिने अखिलका महासचिव बडालले जानकारी दिए । 

महाधिवेशनका गर्नकालागि अखिलका अध्यक्ष सुनिता बरालको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव बडालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति  र कोषाध्यक्ष जेनिश लामाको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । 

यहि पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न भएको एमालेले आफ्ना जनसङगठनको राष्ट्रिय अधिवेशन÷ सम्मेलन चैत मसान्त भित्र गर्ने निर्णय गरेको थियो ।
उनका अनुसार अधिवेशनले १७ पदाधिकारी सहित १९९ सदस्यीय चयन गरिने छ । अधिवेशन काठमाडौँमा हुने छ । 

यस्तै अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को सातौ राष्ट्रिय सम्मेलन आगामी चैत २४ र २५ गते गर्ने निर्णय गरेको छ । 

काठमाडौंमा भएको अनेमसङ्घको सचिवालयको बैठकले आगामी चैत २४ र २५ गते  सम्मेलन गर्ने निर्णय गरेको अनेमसङ्घका सचिवालय सदस्य सदीक्षा चौहानले जानकारी दिइन् ।

एमालेको राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियु, अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल किसान महासङ्घ, पेशागत महासङ्घ नेपाल, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल, नेपाल खेलकुद महासङ्घ र रिटर्र्नी फेडरेसन नेपाल गरि आठ वजनवर्गिय सङ्गठनको राष्ट्रिय अधिवेशन गर्न बाँकी रहेको छ । 

 


प्रकाशित मिति: शुक्रबार, २९ पुस, २०७९, १४:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९