तपाईको भाग्य २०७९ माघ महिना मासिक राशिफल

तपाईको भाग्य २०७९ माघ महिना मासिक राशिफल


तपाईको भाग्य २०७९ माघ महिना मासिक राशिफल

माघ महिनाको ग्रह अवस्थाः– ७ गते ४.१४ साझ मिनेटमा कुम्भ राशीमा शुक्र ग्रह प्रवेश । २४ गते  ५.४९ विहान मकर राशीमा प्रवेश बुध । शनि कुम्भ राशीमा २७ गते राती ९.३१ प्रवेश ।

तपाईको भाग्य २०७९ माघ महिना मासिक राशीफल

मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) – २०७९ माघ महिना नोकरी गर्नेलाई महिनाको मध्यतिर अलि तनाब बढ्ने छ । व्यापारमा काम गर्दा सावधानी अपनाउनु पर्नेछ । पारीवारिक सम्बन्धमा मनमुटाब बढ्ने छ । प्रेम तथा दामपत्य जीवनमा अलि मनमुटाब बढनेछ । कला, खेलकुदमा शुभ रहेको छ । कृर्षि कार्य गर्र्नेलाई लाभ रहेको छ । घरगृहस्थीमा रहेकालाई शुभ रहेका छन् । बैदेशिक कार्यमा रहेकालाई शुभ रहनेछ । आर्थिक र स्वास्थ्यमा अलि सावधानी रहनु पर्नेछ ।

कर्ममा सफलता, रोकिएका काम पूर्ण हुने, नोकरीमा राम्रो हुनेछ । अध्ययनमा सफलता, प्रशासनिक क्षेत्र शुभ रहेको छ । धार्मिक कार्यमा सरिक हुने अवसर प्राप्त । राजनीतिक क्षेत्रमा लाभ, आर्थिक पक्ष्यमा पनि लाभ हुनेछ । श्रङ्गारिक काममा खर्च बढ्ने छ । छाला र मौसमी रोगले सताउने छ । बोलीमा प्रभाव पर्नेछ । अढैया शनि हटेर जानुका साथैं रोकीयका कार्य सफलता हुनेछ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता प्राप्त हुनेछ । शुभ दिन आईतवार ।

बृष राशी (ई,,,,वा,वि,वु,वे,वो)ः– २०७९ माघ महिना शनि ग्रहको प्रभावले २७ गतेवाट अढैया शनिवाट शारीरिक आलस्यता बढ्ने छ । हड्डी, नसा सम्बन्धी समस्या बढ्ने छ । विद्यार्थी बर्गमा लागी शुभ रहेको छ । नोकरी सरकारी जागिरमा रहेका लाई मध्यम रहेकोछ । महिनाको अन्तिमतिर व्यापारमा अलि सावधानी अपनाउनु पर्नेछ । पारीवारीक तथा प्रेममा सुखद रहनेछ । राजनीतिक, कला, खेलकुद क्षेत्रमा लागेकालाई शुभ रहेको छ । घरगृहस्थीलाई शुभ रहनेछ भने स्वास्थ्य सम्बन्धी समस्या बढ्ने छ । वैदेशिक कार्यमा सफलता प्राप्त हुनेछ ।

शारिरीक रुपमा कमजोरी पनि देखा पर्नेछ । कार्यक्षेत्रमा आलस्यता आउनेछ । प्रशासनिक क्षेत्रमा शुभ रहनेछ । सुख, लाभका साथैं धार्मिक क्षेत्रमा मन लाग्नेछ । घुमफिरमा समय वित्नेछ । धन लाभ हुनेछ । बोलीमा प्रभावकारीता बढ्ने छ । क्रयविक्रय सम्बन्धि कार्यवाट लाभ हुनेछ । स्वास्थ्यमा अलि समस्या आउनेछ । शुक्रवार शुभ रहेकोछ ।

मिथुन राशी (क,कि,कु,,,,के,को,ह) – २०७९ माघ महिना बाहिरी कार्यमा मन लाग्नुका साथै अध्ययनमा अलि अवरोध हुनेछ । नेतृत्व सित मनमुटाब बढ्ने छ । ब्यापारमा अलि नोक्सान व्यहोर्नु पर्ने देखिन्छ । महिनाको मध्यपछि व्यापारमा लाभ रहनेछ । पारिवारिमा जीवनमा तथा प्रेममा सफलता रहेको छ । राजनीति, कला, खेलकुद क्षेत्रमा लाग्नेहरुका लागि शुभ रहेको छ । कृषि, पशुपन सम्बन्धी कार्य गर्नेलाई अलि नोक्सानी व्यहोर्नु पर्नेछ । घरगृहस्थीमा मनमुटाव बढ्ने देखिन्छ । वैदेशिक कार्यमा सफलता प्राप्त हुनेछ । सूर्य र शनि देवको आराधना गर्नु पर्ने देखिन्छ।

स्वास्थ्यमा अलि समस्या आउनेछ । सूर्यदेवको आराधना गर्नुपर्नेछ । पेशा जागिरमा रहेकालाई अलि तनाब बढ्ने देखिन्छ । अलि विपक्षिका साथैं धन क्षय बढ्ने छ । महिनाको पहिलो हप्ता पछि शुभ रहनेछ । मनोरञ्जन सम्बन्धी कार्यमा धन खर्च बढ्ने छ । ब्यापारमा अलि लाभ हुने देखिन्छ । नयाँ कार्य गर्दा महिनाको अन्तिमतिर मात्र गर्नु लाभ हुनेछ । शनिग्रहको कारण कार्यमा ढिलासुस्ती बढनेछ । शुभवार विहिवार रहेको छ ।

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) ः–२०७९ माघ महिना । प्रेम तथा दामपत्य जीवनमा सुखमयका मनमुटाव घट्ने छ । विद्यार्थीहरुका लागि अध्ययनका साथै सिकाईमा शुभ रहेको छ । नोकरी पेशामा रहेकालाई विवादमा पर्नुपर्ने अवस्था आउनेछ । व्यापारमा अलि हानी नोक्सानी व्यहोर्नु पर्ने देखिन्छ । पारिवारिक जीवनमा सामान्य मनमुटाव बढेपनि शुभ रहेको छ । स्वास्थ्यमा महिनामा नसा, हड्डी सम्बन्धी समस्या, मौसमी रोगले सताउने छ । राजनीति, कला, संगित क्षेत्रमा रहेकालाई शुभ रहेको छ । घरगृहस्थीका लागि अलि अपजस ब्यहोर्नु पर्नेछ । वैदेशिक कार्यमा रहेकालाई महिनाको अन्तिमतिर शुभ रहेको छ ।

सूर्य ग्रहको प्रभावको कारण आर्थिक नोक्सान व्यहोर्न पर्ने देखिन्छ । मान्यजनको आज्ञा अनुसार अघि बढ्नु पर्ने देखिन्छ । प्रशासनीक सरकारी क्षेत्रमा रहेकालाई लाभ हुनेछ । राजनीतिक क्षेत्रमा रहेकालाई अलि विवादमा पर्ने देखिन्छ । अनावश्यक खर्च बढ्ने देखिन्छ । महिनाको अन्तिमतिर आर्थिक हानी, बोलीमा प्रभाव कम हुनुका साथैं धन हानी हुनेछ । शुभवार सोमवार ।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) ः– २०७९ माघ महिना प्रेम तथा दामपत्य जीवनमा अलि टाढीनु पर्ने देखिन्छ । विद्यार्थी बर्गका लागि महिना मध्यम रहेको छ । नोकरीमा रहेकालाई शुभ रहेको छ । व्यापारमा रहेकालाई सामान्य रहेको छ । नयाँ ब्यापारमा नोक्सान व्यहोर्न पर्ने देखिन्छ । पारिवारीक जीवनमा उतारचढाव आउने छ । प्रेममा मनमुटाव बढ्ने देखिन्छ । स्वास्थ्यमा महिनाको अन्त्यतिर अलि खराब रहनेछ । कृषि, चौपाया सम्बन्धी कार्यलाई शुभ रहेको छ । वैदेशिक कार्यमा रहेकालाई महिनाको अन्तिम सातापछि शुभ रहेको छ ।

विरोधी पक्ष्यहरु परास्त हुनेछन् । नयाँ जोशजागर बढेर जानेछ ।सरकारी क्षेत्रमा रहेकालाई शुभ रहनेछ । राजनीतिकमा रहेकालाई विवादमा पर्नु पर्ने अवस्था आउनेछ । श्रृङ्गारीक सम्बन्धी, मनोसञ्जन सम्बन्धी कार्य गर्नेलाई नोक्सान हुनेछ । रोग र शोक आउने देखिन्छ । वोलीमा विवाद बढ्ने देखिन्छ । मान्यजनको सरसल्लाह लियर बढनु पर्ने देखिन्छ । सुख र धनलाभ हुने देखिन्छ । आत्मबल बढ्ने देखिन्छ । शुभवार रविवार रहेको छ ।

कन्या राशी (टो,,पी,पू,,,,पे,पो) ः– २०७९ माघ महिना धनहानीका साथै संन्तान टाढिने अवस्था आउने छ । विद्यार्थी वर्गमा मध्ययम खालको समय रहेको छ । अध्ययनमा अलि बढी मिहिनेत गर्नु पर्नेछ । नोकरीमा अलि वाधा ब्यवधान आउन सक्नेछन् । व्यापारमा रहेकालाई  लाभ रहनेछ । पारीवारीक जीवन सुखद फल प्राप्त हुनेछ । नविन कार्यमा महिनाको शुरुवातीमा शुभ रहेको छ । कृर्षि क्षेत्रमा लाभ रहेको छ । घुमफिरमा समय जानेछ । बैदेशीक कार्यमा रहेकालाई लाभ रहनेछ ।

सरकारी तथा प्रशासनीक कार्यमा रहेकालाई ढिलासुस्ती बढ्ने छ । अनावश्यक खर्च बढ्ने देखिन्छ । सुखका साथै सन्तानवाट सुखका साथै मांगलिक कार्यमा सरिक हुनु पर्ने देखिन्छ । विरोधी पक्ष्यवाट मनमुटाब बढ्ने देखिन्छ । आफन्तवाट धोखा बढ्ने देखिन्छ । कार्यक्षेत्रमा लाभ रहेको छ । रोकीयका कार्य सफलता हुनेछ । आर्थिक लाभ हुनेछ । महिनाको अन्त्यतिर स्वास्थ्यमा अलि खराब हुनेछ । सोमबार शुभ रहेको छ ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) ः– २०७९ माघ  महिना विरोधीपक्ष्यवाट डर हुनेछ । स्वास्थ्यमा आलस्यता, हड्डी सम्बन्धी समस्या, कार्यमा ढिलासुस्ती बढने, पेट सम्बन्धी समस्या बढ्ने देखिन्छ । विद्यार्थीका लागि अध्ययनमा सफलता प्राप्त हुनेछ । नयाँ कार्यमा सफलता प्राप्त हुनेछ । नोकरीमा लाग्नेलाई उतार चढाब बढ्ने देखिन्छ । व्यापारमा लाग्नेलाई अलि सावधानी अपनाउनु पर्ने देखिन्छ । पारीवारीक सम्बन्धमा उतार चढाब बढ्ने देखिन्छ । प्रेम तथा दामपत्य जीवनमा सुखद रहेको छ । कृषि, श्रम तिर लाग्नेलाई शुभ रहेको छ । राजनीति, कलाक्षेत्रमा लाग्नेलाई सफलता रहेको छ । गृहिणी रहेकालाई अलि स्वास्थ्यमा समस्या हुनेछ । वैदेशिक कार्यमा रहेकालाई कार्यमा सफलता प्राप्त हुनेछ ।

 

रोग भयका साथै राज्यपक्षवाट अपमान ब्यहोर्नु पर्ने देखिन्छ । यात्राको अवसर प्राप्त हुनेछ । महिनाको शुरुमा आर्थिक हानी भएता पनि त्यसपछि संन्तानसुख, पारीवारी सुख प्राप्त हुनेछ । विरोधी पक्षवाट दुःखकष्ट दिन सक्नेछन् । अपरीत व्यक्तिवाट सजग हुनु पर्नेछ । आर्थिक दृष्टिले शुभ रहेको छ । शुभवार आईतवार रहेको छ ।

बृश्चिक राशी (तो,,नी,नू,ने,नो,या,यि,यू) ः– २०७९ माघ महिना नसा, हड्डी सम्बन्धी समस्या आउनेछ । विद्यार्थी वर्गमा नवीन कार्य हुनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ । नोकरीमा लाग्नेलाई शुभ रहेको छ । रोजगारीमा रहेकालाई पनि लाभ रहेको छ । व्यापारमा रहेकालाई महिनाको अन्तिम सातासम्म लाभ रहेका छ । प्रेम तथा दामपत्यमा खटपट बढ्ने छ । स्वास्थ्यमा अलि खराब देखा पर्नेछ । श्रम, कृषि सम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । राजनीतिक क्षेत्रमा रहेकालाई लाभ रहेको छ । गृहर्णीलाई शुभ घुमफिरमा सफल बित्नेछ । विदेश यात्रा रहेको छ ।

सरकारी प्रसासनीक क्षेत्रमा लाभ रहेको छ । विशिष्ठ ब्यक्तिसित सम्बन्धमा सुधार आउनेछ । सुखका साथै धन आगमन हुनेछ । राजनीतिक क्षेत्रमा लागेकालाई शुभ रहेको छ । यात्राको अवसर प्राप्त हुनेछ । धनलाभ हुनेछ । वोलीमा प्रभावकारीता बढ्ने देखिन्छ । विरोधी पक्ष्यले दुःख दिनुका साथैं आफन्तवाट धोखा मिल्नेछ । सुखका सार्थै आर्थिक लाभ हुनेछ । कृर्षि, ब्यापारमा रहेकालाई लाभ हुनेछ । माघको २७ पछि शनिको प्रभावको कारण झुटा आरोप लाग्नेछ । शुभवार आईतवार रहेको छ । 

धनु राशी (य,यो,भा,भि,भू,,फा,,भ) ः–  २०७९ माघ महिना नोकरीमा सरकारी जागिरमा रहेकालाई अपमान व्यहोर्नु पर्ने छ । ब्यापारमा रहेकालाई अलि नोक्सान व्यहोर्नु पर्ने छ । पारीवारीक सम्बन्धमा मनमुटाब बढ्ने छ । प्रेममा लाभका साथैं दामपत्य जीवनमा लाभ रहेको छ । कृषि, श्रम क्षेत्रमा रहेकालाई लाभ रहेको छ । राजनीतिक, खेलकुद पर्यटन क्षेत्रमा रहेकालाई लाभ रहेको छ । घरगृहस्थीलाई लाभ रहेकोछ । वैदेशीक कार्य गर्नेलाई लाभ रहेको छ ।

आर्थिक रुपमा हानी हुनेछ । बोलीमा कडापन आउने छ । मान्यजनको आदार संस्कारमा कमि आउनेछ । महिनाको पहिलो हप्ता पछि राजनीतिक देखी आर्थिक लाभ हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । बन्धनका सार्थै भय हुनेछ । व्यापारमा अलि नोक्सान व्यहोर्नु पर्ने देखिन्छ । झुटा आरोप, धनहानी अपमान ब्यहोर्नु पर्ने छ । महिनाको मध्यपछि आर्थिक लाभ हुनेछ । विरोधी पक्ष परास्त हुनेछन् । विद्यार्थी वर्गका लागि शुभ रहेको छ । शुभवार शुक्रवार रहेको छ ।

 

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) ः– २०७९ माघ  महिनामा नोकरीमा लाग्नेका लागि विवाद आई परेता पनि सफलता प्राप्त हुनेछ । नविन कार्य व्यापार गर्नु अलि नोक्सान व्यहोर्नु पर्नेछ । पारीवारीक सम्बन्धमा लाभ रहनेछ । कृषिमा लाभ रहेको छ । कला, राजनीति, संगित क्षेत्रमा लाभ रहेको छ । घरगृहस्थीमा रहेकालाई लाभ रहनेछ । मांगलिक कार्यमा लाभ रहनेछ । वैदेशीक यात्राको अवसर प्राप्त हुनेछ ।

वोलीमा कठोरपनका कारण कार्यमा अवरोध हुनेछ । अलि लचकपन गर्नु पर्नेछ । मान्यजनको सरसल्लाह अनुसार अघि बढनु पर्ने देखिन्छ । सुखका साथैं विरोधी परास्त हुनुका साथैं आर्थिक लाभ हुनेछ । राजनीतिक क्षेत्रमा लाग्नेलाई लाभ हुनेछ । प्रेममा शुभ रहनेछ । दामपत्य जीवनमा सुखमय हुनेछ । बढी खर्च बढ्ने देखिन्छ । अग्रज ब्यक्तिको सरसल्लाह अनुसार अघि बढनु पर्ने देखिन्छ । लगानी गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ । अन्त्य शनिग्रह माघ २७वाट शुरु हुने हुदा हड्डी, नसा सम्बन्धी समस्या, झुटा आरोप लाग्न सकिन्छ । विद्यार्थी बर्गकालाई घुमफिरमा समय जानुका साथैं अध्ययनमा सफलता हुनेछ । शुभवार विहिवार ।

कुम्भ राशी (गू,गे,गो,,सी,सू,से,सो, द) ः–  २०७९ माघ महिनाको आफन्त सित सम्बन्धमा सुधार हुनेछ । वोलीमा प्रभावकारीता बढ्ने देखिन्छ । मनमा उमङ्गता बढ्ने छ । महिनाको अन्तिमतिर नयाँ कार्य गर्नु राम्रो छैंन । महिनाको २७ गते पछि ५ बर्षसम्म शनिको प्रभावले कार्यमा अवरोध मध्य साढेसाती दशा र अन्त्य साढेसाती दशाको प्रभावले कार्यमा अवरोध हुनेछ । विद्यार्थीवर्गका लागि अध्ययनमा सफलता प्राप्त हुनेछ । नोकरीमा लागेकालाई अलि वाधा व्यवधान हुनेछ । व्यापारमा लाग्नेलाई शुभ रहने छ । पारीवारीक मनमुटाब बढे पनि सजगता अपनाउनु पर्नेछ । खेलकुल, कला, राजनीतिक क्षेत्रमा लाग्नेलाई लाभ हुनेछ । कृषि, श्रमिकलाई पनि लाभ हुनेछ । घरगृहस्थीलाई अलि रोगले सताउने छ । वैदेशिक कार्यमा अलि ढिला सुस्ती हुनेछ । शिर सम्बन्धी समस्या हुनेछ ।

आर्थिक हानी हुनेछ । अलि पिडा व्यहोर्नु पर्ने छ । वाधा व्यवधान आई पर्नेछ । सरकारी जागिरमा रहेकालाई अलि अपमान व्यहोर्न पर्नेछ । महिनाको दोस्रो हप्तापछि लाभ छ । पर्यटन क्षेत्रमा रहेकालाई लाभ रहेको छ । कला, संगित क्षेत्रमा रहेकालाई लाभ रहेको छ । गरेको कार्य सफलता प्राप्त हुनेछ । बुधवार शुभ रहेको छ ।

मीन राशी (दी,दू,,,,दे,दो,,ची) ः– २०७९ माघ  महिनाको विद्यार्थी बर्गकालाई अल्छिपन देखा पर्नेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ । व्यापारमा लाग्नेहरुका लागि लाभ हुनेछ । नोकरीमा लाग्नेहरुका लागि लाभ हुनेछ । सरकारी, प्रशासनीक क्षेत्रमा लाग्नेलाई लाभ हुनेछ । पारिवारीक सम्बन्धमा सामान्य रहनेछ । प्रेममा सफलता रहेको छ । स्वास्थ्यमा अलि गडवढ आउने छ । कृर्षि, श्रम क्षेत्रमा लाग्नेलाई लाभ हुनेछ । राजनीतिक, कला, पर्यटन, खेलकुदमा लाग्नेलाई लाभ हुनेछ । वैदेशिक कार्यमा लाग्नेलाई लाभ हुनेछ ।

धनलाभका साथै सुख प्राप्त हुनेछ । मान्यजनको साथ सहयोग प्राप्त हुनेछ । रोकीयका कार्य सफलता हुनेछ । आफन्त सित सम्बन्धमा सुधार हुनेछ । आर्थिक पक्ष्यमा लाभ हुनेछ । स्वास्थ्यमा अलि ख्याल हुनु पर्नेछ । मांगलिक कार्यमा सरिक हुनु पर्नेछ । खेलकुद, कला, पर्यटन क्षेत्रमा लाग्नेलाई लाभ हुनेछ । वोलीमा प्रभावकारीता बढ्ने छ । नविन कार्यमा लाभ हुनेछ । रोकीयका कार्य सफलता हुनेछ । शैक्षिक क्षेत्रमा लाभ हुनेछ । श्रम तथा गरेका कार्य सफलता हुनेछ । २७ गतेपछि ७ बर्ष ६ महिनामा सम्म साढेसाती दशा लाग्ने हुदा शनिको आराधना गर्नु पर्दछ । शुभवार आईतवार रहेको छ ।

माघका शुभ साईतहरु

माघ १ गते आईतवार श्रीसूर्य उत्तरायणं, शिशिरर्तु, मकर संक्रान्ति, माघीपर्व, गोरखकालीपूजा, बराहक्षेत्र मेला । माघ २ गते राष्ट्रियसुरक्षा दिवस । माघ ४ गते षट्तिला एकादशीव्रत । माघ ५ गते प्रदोषब्रत । माघ ८ गते सोनमल्होसार÷तामाङ ल्होछार । माघ ११ गते तिलकुन्द चौथी । माघ १२ गते श्रीपञ्चमी, सरस्वतीपूजा । १८ भीमा एकादशीव्रत । १९ प्रदोषव्रत, २१ गते श्रीपशुपतिनाथको छाँयादर्शन । माघ २२ गते पूर्णिमाव्रत, श्रीस्वस्थनीव्रत समाप्ति ।

व्रतबन्धमुहूर्त – माघ १२ गते गुरौं लग्न कुम्भ । माघ २७ गते शुक्रे बृश्चिक ।

विवाहमुहूर्ता – ११ गते, १२ गते, १३ गते, १८ गते, २५ गते, २६गते, २७ गते ।

अन्नप्राशन(पास्नी) मुहूर्तहरु – माघ १२ । माघ २० गते । माघ २७ गते।

गृह प्रवेश(घर सर्ने) मुहूर्तहरुः– माघ ४ गते र माघ १३ गते ।

दोकान खोल्ने मुहूर्तहरु – माघ ४,१२,१३,१४,२७ र २८ गते

रुद्री जुर्ने दिनहरू – माघ १,,,,,१२,१३,१४,१६,१९,२०,२१,२३,२३,२६,२७ र २८ गते

अग्नि जुर्ने दिनहरू – माघ ४,,,१०,१२,१४,१६,१८,२०,२३,२५ र २७

 

ॐ नमोः भगवते बासुदेवाय नमः !

चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला ।

ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७

 


प्रकाशित मिति: आइतबार, १ माघ, २०७९, ०८:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९