आज सरकारले पूर्णता पाउँदै, दिउँसो एक बजे सपथ

आज सरकारले पूर्णता पाउँदै, दिउँसो एक बजे सपथ


आज सरकारले पूर्णता पाउँदै, दिउँसो एक बजे सपथ

काठमाडौँ । आज सरकारले पूर्णता पाउने भएको छ । हिजो राती अवेर सत्तापक्ष दलको बैठकले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । सरकारले गठन भएको करिव एक महिनापछि सरकारले पूर्णता पाउन थालेको हो ।

नेकपा एमालेले एक उपप्रधानमन्त्रीसहित ८ मन्त्री र दुई राज्यमन्त्री सरकारमा सहभागी गराउने भएको छ ।

एमालेले अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य, उद्योग र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पाएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) प्रधानमन्त्री सहित  ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको हो ।

एमालेले अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका मन्त्रालय पाउने सहमति भएको हो ।

यस्तै माओवादीले भौीतक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला मन्त्रालय पाउने सहमति एको छ ।

राप्रपाले ऊर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रलाय, रास्वपाले गृह, शिक्षा र श्रम मन्त्रालय पाएको छ ।

त्यस्तै जनमत पार्टीले यद्योग वााणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ ।

एमालेले यसअघि उपप्रधान तथा अर्थ मन्त्रालयमा उपाध्यक्ष विष्णु पौडेललाई पठाई सकेको छ । तीन जना विना विभागिय मन्त्रीमा सरकारमा सहभागी भएका छन । बैतडीका दामोदर भण्डारी, बाराकी ज्वालाकुमारी साह र धनकुटाका राजेन्द्र राईले मन्त्रीको सपथ खाइसकेको भए पनि जिम्मेवारी पाएका छैनन् ।

एमालेले अब बाँकी चार जनामा प्रदेश नम्बर १ बाट सुनसरीकी भगवती चौधरी, प्रदेश नम्बर २ बाट सर्लाहीका हरि उप्रेती, गण्डकीबाट पदम गिरी र विद्या भट्टराई मध्ये एक जनालाई मन्त्री बनाउने छ ।

त्यस्तै लुम्बिनीबाट कपिलवस्तुका बलराम अधिकारी र पाल्पाका ठाकुर गैरे मध्ये एक जना मन्त्री हुनेछन ।  एमालेले रक्षा र परराष्ट्र मन्त्रालयमा भने सिनियर मध्येबाट मन्त्री बनाउने सम्भावना पनि उत्तिकै रहेको छ ।

दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।


प्रकाशित मिति: मंगलबार, ३ माघ, २०७९, ०९:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९