मूलबाटो’ विकासको मूलबाटो बन्न सकोस्ः ओली

मूलबाटो’ विकासको मूलबाटो बन्न सकोस्ः ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपत्यका विशेष प्रदेश कमिटीको प्रकाशन ‘मूलबाटो’ को मंगलबार विमोचन गर्नुभयो ।


मूलबाटो’ विकासको मूलबाटो बन्न सकोस्ः ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपत्यका विशेष प्रदेश कमिटीको प्रकाशन ‘मूलबाटो’ को मंगलबार विमोचन गर्नुभयो । 
सो अवसरमा संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष ओलीले मूलबाटो विकास, लोकतन्त्र, राष्ट्रियता, परराष्टनीति सबैको मूलबाटो बन्नुपर्ने बताउनुभयो । उहाँले यो सामाजिक समस्या समाधानको पनि मूलबाटो बन्न सकोस् भन्नुभयो । 
उपत्यका विशेष प्रदेश कमिटीले प्रकाशन शुरु गरेर राम्रो कामको शुरुवात गरेको भन्नुहुँदै अध्यक्ष ओलीले राजधानी उपत्यकामा रहेको बौद्धिक समुदायका विचारहरु यसमार्फत व्यवस्थित रुपमा प्रवाहित हुनेछन् भन्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले मूलबाटोेबाट प्रवाहित हुने विचारहरुले नेपाली जनतालाई मूलबाटोमा डोर्याउने छ भन्नुभयो । 
कार्यक्रममा पार्टीका महासचिव तथा उपत्यका विशेष कमिटीका इन्चार्ज ईश्वर पोखरेल उपस्थित हुनुहुन्थ्यो ।
पार्टीको दशौं महाधिवेशनको अवसर पारेर प्रकाशित गरिएको उक्त वैचारिक पत्रिकामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अन्तर्वार्ता, महासचिव ईश्वर पोखरेल, स्थायीकमिटी सदस्य शंकर पोखरेल, डा. पुष्प कँडेल, केन्द्रीय सदस्यहरु सूर्य थापा, सुजिता शाक्य,माधव ढुंगेलका वैचारिक लेख समावेश छन् । साथै, अध्यक्ष ओली नेतृत्वको सरकारको कार्यकालमा भएको आर्थिक विकासलगायत विभिन्न क्षेत्रको विकासका कामका बारेमा विज्ञहरुका लेख रहेका छन् ।  
उपत्यका विशेष कमिटीका अध्यक्ष तथा केन्द्रीय सदस्य सुजिता शाक्यले ‘मूलबाटोे’ प्रकाशनका बारेमा जानकारी गराउँदै यो प्रकाशनको उद्देश्यमाथि प्रकाश पार्न भएको थियो । ‘मूलबाटो’ महाधिवेशन प्रतिनिधिहरुलाई उपलब्ध गराउने योजना रहेको उपत्यका विशेष कमिटीका सचिव समीर नेपालले वताउनुभयो ।  


प्रकाशित मिति: बिहिबार, ९ मंसिर, २०७८, १७:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९