काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताएका छन् ।
शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गठबन्धनबाट उपप्रधानमन्त्रीले कुनै भार सरकारलाई नथपिने भएकाले राखेको बताए । उनले आफूले गठबन्धनबाट सहमति भएको खण्डमा उपप्रधानमन्त्री हटाए पनि तयार रहेको बताए ।
‘उपप्रधानमन्त्रीहरू बन्दै गएका कुराहरू छन्, यसले थप भार पार्ने भन्दा पनि गठबन्धनबाट गर्ने भनिएको हो, हटाउने भए पनि सबैभन्दा पहिला मेरोबाट हटाइदिँदा हुन्छ, केही फरक पर्दैन,’ गृहमन्त्री लामिछानेले भने, ‘अभ्यास हो यो, तर त्यसले धेरै कुनै ठूलो भार नपर्ने देखिएको छ, मैले प्रस्ताव राखेको छु, त्यसमा झुण्डिनु पर्छ जस्तो मलाई लाग्दैन ।’
गृहमन्त्री लामिछानेले आफूले सरकारबाट काम गर्दा नतिजा निकाल्ने गरी काम गर्ने बताए । उनले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई चाँडै समात्ने दाबी गरे ।
उनले भने, ‘हामी नतिजा निकाल्ने गरी काम गर्छौं, प्रहरी प्रशासनले नटेर्ने भन्ने हुँदैन आफ्नो व्याख्या हो, विज्ञप्ति जानकारीका लागि गरिएको हो, के भइरहेको छ भन्ने जानकारी दिन आवश्यक्ता दिनु पर्ने भएकाले हो ।’
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९