सचिव पदका उम्मेदवार थपलिया भन्छन् –‘म सडकबाट जन्मिएको नेता हुँ ’

सचिव पदका उम्मेदवार थपलिया भन्छन् –‘म सडकबाट जन्मिएको नेता हुँ ’


सचिव पदका उम्मेदवार थपलिया भन्छन् –‘म सडकबाट जन्मिएको नेता हुँ ’

काठमाडौँ, । अनेरास्ववियुको २३ औ राष्ट्रिय महाधिवेशन नजिकिदै गर्दा नयाँ नेतृत्वकालागि पनि दौडधुप चलेको छ । 

यहि फागुन २ देखि ४ गतेसम्म हुने महाधिवेशनका नेतृत्वको आकांक्षी पनि बढदै गइरहेका छन् । नयाँ नेतृत्वका लागि बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपिन्द्र खत्री, मोति विक, महासचिव समिक बडाल देखिएका छन् । यस्तै महासचिवमा  नारायण घर्ती, सुर्दशन सिवाकोटी, नरेश रोकाया, धर्म गिरी उमेश आचार्य , लोकेश निरौला , कल्पना वाइवा देखिएका छन् । 

यस्तै गरि सचिवमा अहिले सचिवालय सदस्यबाट आउने सम्भावना रहेको छ । अन्य सचिवभन्दा गोविन्द थपलिया आफूलाई बलियो रहेको बताएका छन् । 

सचिव पदका उम्मेदवार गोविन्द थपलियाले आफूले सचिवालय रहेर राम्रो काम गरेको हुनाले जित्ने बताउँछन् ।

अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीतिकमा विद्याबारिधी गर्न थालेका थपलिया अहिलेका अखिल हाँक्ने सक्ने नेताका रुपमा परिचिति रहेका छन् । उनले व्यवहारिक शिक्षा प्रणाली, त्रिवि शैक्षिक क्यालेण्डर सुधारको एजेण्डा रहेका छन् । 

उनले अखिललाई वगिरहेको खोला बनाउन चाहन्छन् । अहिले अखिल जमेको पानी भएको भन्दै बगिरहेको पानी हुनुपर्दछ उनको भनाई रहेको छ ।

“अखिललाइ अब एसएलसी जस्तो नभई एसईई जस्तो बनाउनुपर्छ । अखिललाई बगिरहेको नदी जस्तो बनाउनुपर्छ, जमिरहेको तलाउ जस्तो होइन,” उनले भने ।

उनले अहिलमा शुद्धिकरणको लागि पुर्नजागरण अभियान समेत संचालनमा गरिरहेका छन् । उनले अखिलको नेतृत्वमा जेनेरेशन ग्याप नभई म्याच गर्न खालको नेतृत्व आवश्यक रहेको बताउँछन् । 

उनले अखिललाई सरकारको सदैव प्रतिपक्षीको भूमिका निर्वाह गर्नसक्ने बनाउने भन्दै स्मार्ट अखिलको योजनालाई पनि अघि सारेका छन् ।  

बिस २०६४ सालमा जयकालिका मा। वि। बर्दियाबाट अखिलको राजनीति सुरु गरेका थपलिया ,२०६६ साल देखि अनेरास्ववियुका विभिन्न गतिविधिहरुमा सक्रिय सहभागी हुँदै आएका विद्यार्थी नेता हुन।

 बिस २०६७ सालमा प्रथम काठमाडौं भूगोल जिल्ला कमिटीबाट  प्रतिनिधि भएका थपलिया २०६८ देखि २०७० साल सम्म अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटी सदस्य ,२०७० देखि २०७२ सम्म क्याम्पस कमिटी सहसचिव , २०७२ देखि २०७४ सचिव हुँदै २०७४ सालमा अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटी अध्यक्ष भएका थिए ।

आफ्नो ४३ महिने कार्यकाल देशकै चलायमान  अध्यक्षका रुपमा दर्ज गर्न सफल थपलिया विस २०७१ सालमा अनेरास्ववियु बर्दिया काठमाडौ सम्पर्क कमिटिको अध्यक्ष हुँदै बिस २०७२ सालमा भेरी अञ्चल सम्पर्क कमिटी अध्यक्ष निर्बाचित भएका थिए।

सानैदेखि राजनीतिकमा चासो राख्ने थपलिया  अखिलको केन्द्रीय सदस्य हुँदै अहिले अखिलको सचिवालय सदस्य रहेका छन् । 

जुनुसुकै आन्दोलन किन नहोस् थपलिया अग्रपंक्तिमा रहेर विद्यार्थीका  जायज मागलाई उठाउँदै आएका छन् । त्यसैले उनलाई सवैले सडकबाट उदाएका विद्यार्थी नेताका रुपमा चिन्दछन् । 

आफ्ना समकक्षिलाई उछिन्दै उनी अहिले सचिवको उम्मेवदार बनेका छन् । सहयोगी, मिलनसार स्वभावका नेता थपलियालाई पार्टी पंक्तिदेखि सवैले रुचाउने गर्दछन ।

यसपटकको अखिलको महाधिवेशनमा उनी निर्वाचन भएको खण्डमा सवभन्दा धेरै मतसहित निर्वाचित हुने र सहमति भएमा पनि सचिव पदमा आफू निर्वाचित हुने दावी गर्दछन ।


प्रकाशित मिति: शनिबार, २१ माघ, २०७९, २१:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९