अखिलमा यसपटक नयाँ इतिहास रचिने छ : अध्यक्षका प्रत्यासी मोती वि.क

अखिलमा यसपटक नयाँ इतिहास रचिने छ : अध्यक्षका प्रत्यासी मोती वि.क


अखिलमा यसपटक नयाँ इतिहास रचिने छ : अध्यक्षका प्रत्यासी मोती वि.क

काठमाडौँ, । नेकपा (एमाले) निकट अनेरास्ववियुको आसन्न २३ औँ राष्ट्रिय महाधिवेशन यहि फागुन २ देखि ४ गतेसम्म हुने भएको छ । 

आगामी फागुन २ गतेदेखि ४ गतेसम्म महाधिवेशन ‘निशुल्क स्वास्थ्य, शिक्षा र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरिय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नारा सहित काठमाडौँमा हुने छ । 

महाधिवेशन नजिकिदै गर्दा नेतृत्वमा पनि रस्साकस्सी शुरु भएको छ । नयाँ नेतृत्वका लागि अहिले वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोति विक, महासचिव समिक बडाल रहेका छन् ।  

अनेरास्ववियुको यसअघि २०७२ सालमा २२ औ राष्ट्रिय अधिवेशन भएको थियो । नेकपा (माओवादी केन्द्र)संग पार्टी एकताभएपछि अखिलको अधिवेशन हुन सकेको थिएन । 
अध्यक्षका प्रत्यासी विकले आफू यसपटक नयाँ इतिहास रच्ने बताउँछन् । “यसअघि तीन जना महिला अध्यक्ष बनेर अखिलको इतिहास रचिसकेका छन्, ” उनले भने “अहिलेसम्म अखिलको नेतृत्व मा दलित समुदाय बाट हुन सकेको छैन । म नै अध्यक्ष बनेर इतिहास रच्ने छुँ ।”

उनी आफू अध्यक्ष बन्दा एउटा व्यक्ति नबनि एउटा समुदाय नै बन्ने भएकोले सवैको सहयोग आवश्यक रहेको बताउँछन् । 

“म अध्यक्ष बन्दा देशै भरि राम्रो सन्देश जान्छ । जातिय हिसाबले पनि न्याय हुन्छ । सामाजिक न्यायको अनुभुति हुनेछ,” उनले भने, “ एक पटक अखिल को नेतृत्व गर्ने अवसर दिएर विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पु¥याउँछु ।” 

उनले  सबैको साथ र सहयोगमा आफू अध्यक्ष बन्ने र अनेरास्ववियुको स्वर्णीम इतिहासमा थप एक ईटा थपिने उल्लेख गरे । 

विक २०५४ साल  कक्षा–८ मा पढ्दा  प्रारम्भिक कमिटी सदस्य भएर विद्यार्थी राजनीतिमा शुरुवात गरेका हुन् ।  त्यसपछि उनी प्रारम्भिक कमिटीको अध्यक्ष भएका थिए ।  २०५५ सालमा इलाका सचिव भएर काम गरेका उनी  जिल्ला सदस्यको जिम्मेवारीमा रहेका बेला काठमाडौं आएर बानेश्वर क्याम्पसको प्रारम्भिक कमिटी सदस्य भए । त्यसपछि सचिव तथा स्कूल जिल्ला कमिटीको सह–संयोजक भएर काम गरे । 

वि.सं. २०५८ सालमा नेपाल कमर्श क्याम्पसमा प्रारम्भिक कमिटीकै सदस्य भएका विकले २०६२ सालमा स्ववियु सदस्यमा पहिलो पटक जिते । 

२०६५ सालमा भएको स्ववियु निर्वाचनमा तत्कालीन अनेरास्ववियुकी अध्यक्ष रामकुमारी झाक्रीले उनलाई स्ववियु उपसभापतिको उमेदवार बन्नबाट रोकेकी थिइन् । त्यसपछि बिद्रोह गदै स्ववियु उपसभापतिमा उम्मेदवारी दिएर निर्वाचित भए र पुरै बागी समूहलाई नै जिताए । 

२०६६ सालमा स्ववियु परिचालन विभागको केन्द्रीय सचिव भएका उनी  २०६८ सालमा अनेरास्ववियुको केन्द्रिय सदस्य मनोनीत भएका थिए । 

सचिवालय सदस्य रहँदा मधेश प्रदेश इन्चार्ज भएर काम गरेका उनी अहिले अखिलको  उपाध्यक्ष एवं सुदुरपश्चिम प्रदेश इन्चार्ज हुन । 

उनी इन्चार्ज भइरहँदा सबैभन्दा उत्कृष्ट कार्य गरेको अनुभव छ । निरन्तरता र सक्रियतामा विद्यार्थी राजनीतिका लागेका उनी अन्य आकांक्षीभन्दा अब्बल देखिएका छन । 
महाधिवेशनले १९९ नयाँ केन्द्रीय कमिटी निर्वाचित गर्ने छ । 

यस्तै महासचिवमा नारायण घर्ती, नरेश रोकाया, सुदर्शन शिवाकोटी, धर्म गिरी आकांक्षी देखिएका छन् । 

 


प्रकाशित मिति: शुक्रबार, २७ माघ, २०७९, २१:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९