युवा नेता पदाधिकारी वा स्थायी कमिटीमा उक्लने तयारी
युवा नेता पदाधिकारी वा स्थायी कमिटीमा उक्लने तयारी
काठमाडौँ, । नेकपा एमालेको दशौं महाधिवेशनमा युवा नेता एक तह उक्लने दाउमा रहेका छन् । पार्टीमा युवा नेतृत्वका प्रभाव बढीरहेको वेला युवा नेताहरु अहिले सके पदाधिकारी नसके स्थायी कमिटीमा बढुवा हुने लाइनमा देखिएका छन् ।
युवा नेताहरु सूर्य थापा, महेश बस्नेत, खिमलाल भट्टराई, ठाकुर गैरे, माधव ढुंगेल स्थायी कमिटीको बढुवाको लाइनमा रहेका छन् । पार्टी एकताको सन्देश दिनका लागि पदाधिकारी सहमतिको आधारमा चयन गरे ति एमालेमा आशालाग्दा युवा स्थायी कमिटीमा बढुवा हुने पक्का जस्तो भएको छ । ति युवा नेताहरुको जोड पदाधिकारी सर्वसम्मत र केन्द्रीय कमिटी सदस्यका लागि निर्वाचन गर्न माग गरिसकेका छन् । पार्टी एकताको सन्देश दिनका लागि पदाधिकारी सर्वसम्मतको आधारमा गरिनुपर्ने ति युवा नेताहरुको जोड रहेको छ । अहिलेका केन्द्रीय कमिटीका ति युवा नेता स्थायी कमिटीमा नसमेटिए भर्खरै नयाँ आउने केन्द्रीय सदस्य बराबरको हैसियतमा बस्नुपर्ने हुन्छ ।
यसपटक पोलिटव्युरो सदस्य नभएकोले युवा नेताहरु स्थायी कमिटीमा आफ्नो उम्मेदवारी पेश गर्ने तयारीमा रहेका छन् । खुला केन्द्रीय सदस्यमा सजिलै निर्वाचन भएर ति नेताहरु स्थायी कमिटी सदस्यमा जोड दिने छन् । अहिले २२५ केन्द्रीय कमिटीमा ४५ जना स्थायी कमिटी बन्ने छ । ४५ मध्ये १५ जना पदाधिकारी र वाँकी केन्द्रीय कमिटीबाट निर्वाचित केन्द्रीय सदस्य नै स्थायी कमिटीको आकांक्षी बन्ने छन् ।
केन्द्रीय सदस्य ढुंगेलले पार्टीको भिजनलाई जनतासमक्ष पु¥याउनका लागि आफूहरुलाई स्थायी कमिटीमा समेटिनुपर्नेृ बताउँछन् । उनले भने–‘पार्टीलाई नयाँ गति दिनका लागि हामी जस्ता युवालाई स्थायी कमिटीमा समेट्नुपर्दछ ।’ अहिले युवा नेता स्थायी कमिटीमा समेटिए अर्को पटक सचिव वा उपमहासचिवमो दावी गर्ने छन् । त्यसपछि उनीहरु पार्टीको नेतृत्वसम्म पुग्दछन् । अहिले स्थायी कमिटीमा पुगे ति नेता आगामी १५ बर्षपछि पार्टीको नेतृत्व गर्ने ठाउँमा पुग्छन् ।
अर्को नेता खिमलाल भट्टराईले त पदाधिकारीको निर्वाचन भए आफू सचिवको उम्मेदवार समेत घोषणा हुने सामाजिक सञ्जालमा गरिसकेका छन् । २०६२ सालमा अखिलको अध्यक्ष भएका भट्टराई पदाधिकारीमा सचिव वा स्थायी कमिटी सदस्यमा समेट्नुपर्ने बताउँछन् ।
लामो समय राजनीतिमा विताएका उनी अव केन्द्रीय सदस्यबाट कम्तिमा स्थाथी कमिटी सदस्यमा आफ्नो उम्मेदवारी रहेको बताउँछन् । पार्टीमा नेतृत्वका विकास गर्न उनीजस्ता सवै नेता स्थायी कमिटी सदस्यमा लागि योग्य रहेका छन् ।
यता दुई पटक केन्द्रीय सदस्यमा निर्वाचित ठाकुर गैरे पनि पदाधिकारीमा निर्वाचन भएको खण्डमा सचिवमा उम्मेदवारी दिने बताउँछन् । उनले पदाधिकारीमा सहमतिको आधारमा नेतृत्व चयन गरेर केन्द्रीय सदस्य र स्थायी कमिटीको लागि निर्वाचन गर्ने माग गरे । दुई दुई पटक पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित ठाकुर पनि यसपटक एक खुटकिलो माथि उक्लने दाउँमा रहेका छन् । सके सचिव नसके स्थायी कमिटी बन्ने योजना उनको रहेको छ । “दुई दुई पटक केन्द्रीय सदस्यमा निर्वाचित भएर काम गरियो,” उहाँले भन्नुभयो, “पार्टीमा नेतृत्वका विकास गर्नका लागि अव पदाधिकारीमा सचिव र नभए स्थायी कमिटीमा मेरो उम्मेदवारी रहन्छ ।”
स्थायी कमिटी सदस्य केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि मात्र हुन्छ । केन्द्रीय सदस्यमा निर्वाचित भएकाबाट नै निर्वाचन गरेर स्थायी कमिटी सदस्य गठन गरिन्छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९