काठमाडौँ, । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुदै छ ।
‘निशुल्क शिक्षा,स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार ! गुणस्तरीय शिक्षा , गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराको साथ हुन थालेको महाधिवेशन काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा हुँदै छ ।
अनेरास्ववियुको महाधिवेशन सात बर्षपछि हुन थालेको हो ।
यसअघि २०७२ माघमा भएको महाधिवेशन तत्कालिन नेकपा (माओवादी केन्द्र)संग पार्टी एकताभएपछि नियमित हुन सकेको थिएन ।
महाधिवेशनले आगामी दुई वर्षको लागि १९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र ३ आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित गर्ने छ ।
महाविधेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागि हुँदैछन् ।
नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती वि.क, झविन्द्र खत्री र महासचिव समिक वडाल रहनु भएको छ ।
यस्तै महासचिवमा वर्तमान उपमहासचिव गोविन्द गिरीको प्रवल दावेदारको रुपमा रहेका छन् ।
एकपल्ट उमहासचिव भइसकेका गिरी महासचिवमा स्वभाविक दावेदारका रुपमा रहेका छन् । “मैले उपमहासचिव रही संगठनमा राम्रो भूमिका निर्बाह गरेको छु” उनले भने–“म स्वाभाविक नै अखिलको अवको महासचिव हो ।”
गिरी २०६१ सालदेखि विद्यार्थी राजनीतिकमा सक्रिय गिरी सिटीइभीटीको कोषाध्यक्ष हुँदै अध्यक्ष समेत भएका हुन् । नाम्स कलेज स्ववियु सभापति समेत रहेका उनी अनेरास्ववियुको पोखरामा भएको महाधिवेशनमा केन्द्रीय प्रतिनिधी र २० औ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन ।
यस्तै २१ औ महाधिवेशनमा लोकप्रिय मत सहित सचिवालय सदस्य निर्वाचित गिरी अखिलको रचनात्मक तथा अतिरिक्त क्रियाकलाप विभागको प्रमुख समेत रहेका थिए ।
संगठनको शैक्षिक विभाग प्रमुख रहेका उनी विद्यार्थी आन्दोलनमा शसक्त ढंगले सक्रिय सहभागि रहेका छन ।
प्राविधिक क्षेत्रमा विद्यार्थी संगगन निर्माण गर्न फलाको चिउरा चपाउने जस्तै अप्ठरो रहेको समयमा पनि प्राविधिक क्षेत्रतर्फ संगठन निर्माण गर्ने क्रममा दुई÷तीन पटक कलेज प्रशासनबाट निस्काशित हुँदा कुनै पनि प्रवाह नगरि निरन्तर संगठन निर्माण गर्ने महत्वपूर्ण भूमिका उनी रहेका छन ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९