एमालेको ‘मिसन ग्रासरुट’ अभियानमा को नेता कहाँ खटिने

एमालेको ‘मिसन ग्रासरुट’ अभियानमा को नेता कहाँ खटिने


एमालेको ‘मिसन ग्रासरुट’ अभियानमा को नेता कहाँ खटिने

काठमाडौँ, । नेकपा (एमाले)को सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ यहि फागुन ५ गतेबाट शुरु हुने भएको छ । 

दुई महिने पार्टी  सुदृढीकरण तथा विस्तारको ‘मिसन ग्रासरुट’ अभियान यहि फागुन ५ गतेबाट शुरु गर्ने निर्णय गरेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए  ।  

अभियानको एमाले अध्यक्ष केपी शर्मा ओलीले सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट सम्बोधन गर्ने छन् ।

आज बसेका बैठकले अभियानमा खटिने नेताहरुको नाम टुङ्गो लगाएको कार्यालय सचिव डा. अधिकारीले जानकारी बताए  । 

 केन्द्रीय कमिटी सदस्यहरूलाई पालिका तहमा दुईमहिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न लागिएको हो । अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरू खटिने छन् । 
अभियानमा प्रदेश–१ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी, स्थायी कमिटी सदस्यहरु शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की, मधेश प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्यहरु गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल खट्ने छन् ।

यस्तै बागमती प्रदेश उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव गोकर्णराज विष्ट, स्थायी कमिटी सदस्यहरु काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ तथा गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पदमा कुमारी अर्याल, स्थायी कमिटी सदस्यहरु  किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा खट्ने छन् ।

लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्यहरु भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्वाहाम्फे, कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेशकुमार भट्टराई, स्थायी कमिटी सदस्यहरु भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्यहरु मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा खट्ने छन् । 

यस्तै अभियानकै क्रममा विशेष कमिटी (केन्द्रीय कार्यालय) मा महासचिव शंकर पोखरेल, उपमहासचिवद्धय प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र कार्यालय सचिव डा. भीष्म अधिकारी छन्  ।

एमालेको यहि माघ २६ गते बसेको सचिवालय बैठकले फागुन र चैत महिनामा  पार्टी  सुदृढीकरण तथा विस्तार अभियान संचालन गर्ने निर्णय गरेको थियो ।   

 


प्रकाशित मिति: मंगलबार, २ फागुन, २०७९, १९:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९