अखिल महाधिवेशन : आजदेखि नेतृत्व चयन

अखिल महाधिवेशन : आजदेखि नेतृत्व चयन


अखिल महाधिवेशन : आजदेखि नेतृत्व चयन

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको महाधिवेशन जारी रहेको छ । हिजोदेखि जारी अनेरास्ववियुको महाधिवेशन भोलिसम्म जारी रहने छ । 

महाधिवेशनमा आजबाट नयाँ नेतृत्वका लागि मतदान हुनेछ । अखिलले सहमतिमा नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको हो । 

नयाँ नेतृत्व चयनका लागि अध्यक्ष सुनिता बरालले हिजो आफ्नो कमिटी भंग गरी भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलको घोषणा गरिन् । जसमा खिमलाल भट्टराई, विनोद ढकाल, रचना खड्का, माधव ढुङ्गेल, किशोर विक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल सदस्य रहेका छन् ।

अखिलको भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी रहेको छ। महाधिवेशनमा सहभागी हुन देशभरिबाट एक हजार पाँच सय ८८  प्रतिनिधि आएका छन् । 


प्रकाशित मिति: बुधबार, ३ फागुन, २०७९, ०९:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९