विश्वको ध्यान आयुर्वेदतर्फ जाँदैछ: राष्ट्रपति भण्डारी

विश्वको ध्यान आयुर्वेदतर्फ जाँदैछ: राष्ट्रपति भण्डारी


विश्वको ध्यान आयुर्वेदतर्फ जाँदैछ: राष्ट्रपति भण्डारी

तुलसीपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना सङ्क्रमणपछि विश्वको ध्यान आयुर्वेदतर्फ गएको बताएकी छन् ।

नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद केन्द्रीय विद्यापीठ भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयुर्वेद उपचार पद्धतितर्फ पछिल्लो समयमा आकर्षण बढ्दै गएकाले यसको विकास विस्तारमा ध्यान दिइने बताइन् ।

राष्ट्रपति भण्डारी आयुर्वेद स्नातक उत्पादन भएका जनशक्तिले देशको स्वास्थ्य क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान रहेको जानकारी दिइन् ।

गणतन्त्र स्थापनापछि राष्ट्र प्रमुखबाट पहिलो संस्कृत विश्वविद्यालय पुग्नुभएका राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवन संस्कृत विश्वविद्यालयका लागि ठूलो उपलब्धि भएको बताइन् । उनले विगत स्मरण गर्दै जननेता मदन भण्डारी संस्कृतकै उत्पादन भएकाले उहाँका रचना र जीवनमा सामाजिक, प्राकृतिक विशेषता प्राप्त जीवनकालमा देखिएको बताइन ।

उनले प्राचीन र मध्यकालीन इतिहासका दुर्लभ ग्रन्थ संस्कृत भाषामै रहेकाले ती दुर्लभ ग्रन्थको विकास विस्तारमा लाग्नुपर्ने धारणा औँल्याइन।

संस्कृत भाषामा हिन्दु धर्मको मात्रै नभई बौद्ध र जैन धर्मसम्बन्धी विषयवस्तु समावेश भएको बताइन।

राष्ट्रपति भण्डारीले योग, प्रणायाम, मानसिक उपचार पद्धति आयुर्वेदमै रहेकाले व्यस्त जीवनशैलीमा यी उपचार पद्धतिको महत्त्वपूर्ण भूमिका रहने पनि बताइन । उनले नेपाली समाजमा आयुर्वेद सम्बन्धी सयौँ विज्ञ उपलब्ध रहेको र आदिवासी जनजातिमा समेत आयुर्वेद र ज्ञान सिर्जना भएकाले त्यो ज्ञान सिर्जना नयाँ पुस्ताका हस्तान्तरण गर्ने पाठ्यक्रम तयार गर्न विश्वविद्यालयलाई निर्देशन दिइन ।

संस्कृत विश्वविद्यालयको चल अचल सम्पत्तिलाई सही रुपमा व्यवस्थापन गरेर आर्थिकरुपमा समेत सम्पन्न बनाउन अघि बढ्न निर्देशन दिइन।

राष्ट्रपति भण्डारीले आयुर्वेद केन्द्रीय विद्यापीठका अध्यापनका लागि आवश्यक दरबन्दीको व्यवस्थापन गर्न आग्रह गरिन्।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले कोरोना कालमा विश्वविद्यालयले प्रदेशलाई भवन उपलब्ध गराएर नागरिकको उपचारमा ठूलो योगदान दिएकाले धन्यवाद ज्ञापन गरिन। उनले नेपालको अर्थतन्त्र विकासका लागि जडीबुटीको प्रवर्द्धन गर्न आयुर्वेद क्याम्पसले योगदान दिने बताइन। उनले नागरिकको उपचारमा आयुर्वेदको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।

२०७४ साल विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त २४ करोड ७२ लाखको लागतमा भवन निर्माण भएको हो।

संस्कृत विश्वविद्यालयले २०६९ सालमा आयुर्वेद अध्ययन संस्थान स्थापना गरेर आयुर्वेद स्नातक तहको कक्षा सञ्चालन गरेको थियो । हालसम्म करिब दुई सय जनाले आयुर्वेद स्नातक तह (विएएमएस)उत्तीर्ण गरेका छन्। ५३ कोठे भवनमा आयुर्वेद शिक्षण भइरहेको छ ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा भीमप्रसाद खतिवडाका अनुसार विश्वविद्यालयमा १७ वटा शास्त्रमा अध्ययन र अनुसन्धान गराइरहेको छ।


प्रकाशित मिति: बुधबार, ३ फागुन, २०७९, १९:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९