अनेरास्ववियुमा नयाँ नेतृत्व चयन (को–को निर्वाचित)

अनेरास्ववियुमा नयाँ नेतृत्व चयन (को–को निर्वाचित)


अनेरास्ववियुमा नयाँ नेतृत्व चयन (को–को निर्वाचित)

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।

अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । 

आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले जानकारी दिए  । बडालले ९ सय ६२ तथा लामिछानेले तीन सय ५६ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा गोविन्द गिरी (७६३ मत) नारायण घर्ती (७५१), मर्यादा विष्ट (६७५) र धर्म गिरी (५०१ मत)  निर्वाचित भए  ।

महासचिव नरेश रोकाया ७ सय ३३ मत प्राप्त गरी विजय भए । 

यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भए । 

अधिकृत खकुरेलका अनुसार मतदान ४२ विद्युतीय मेसिनबाट गरिएको थियो । निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित  १९९ सदस्यीय केन्द्रीय कमिटी  र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा  १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । 

महाधिवेशनमा एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी थिए ।   


प्रकाशित मिति: शुक्रबार, ५ फागुन, २०७९, ०९:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९