एमालेको पदाधिकारी र केन्द्रीय सदस्य थप गर्ने निर्णय

एमालेको पदाधिकारी र केन्द्रीय सदस्य थप गर्ने निर्णय

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार उपाध्यक्ष दुई, उपमहासचिव दुई र केन्द्रीय कमिटी सदस्य ७६ थप गर्ने भएको हो ।


एमालेको पदाधिकारी र केन्द्रीय सदस्य थप गर्ने निर्णय

काठमाडौँ, । नेकपा (एमाले)ले पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थप गर्ने निर्णय गरेको छ । हिजो राती बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थप गर्ने निर्णय गरेको हो । 

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार उपाध्यक्ष दुई, उपमहासचिव दुई र केन्द्रीय कमिटी सदस्य ७६ थप गर्ने भएको हो । 
उहाँले विधान संशोधन गर्दै अव एमालेमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव रहने छन् । अव पदाधिकारी १९ पुगेका छन् । 

यस्तै केन्द्रीय कमिटी ३०१ बनाइएको छ । यसअघि गत असोज १५ देखि १७ गतेसम्म भएको विधान महाधिवेशनले २२५ केन्द्रीय कमिटी संख्या पारित गरेको हो । 
यस्तै बैठकले पुनः पोलिटव्युरो सदस्य बनाउने निर्णय गरेको छ । यसअघि विधान महाधिवेशनमा पोलिटव्युरो सदस्य हटाउने निर्णय गरेको थियो । 
स्थायी कमिटी ४५ र पोलिटव्युरो ९९ सदस्य बनाउने निर्णय गरिएको छ । 
यस्तै निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगको पदाधिकारी पनि थप गर्ने निर्णय गरेको छ । यसअघि १५ जना पदाधिकारी रहेकोमा २५ जना बनाउने निर्णय गरेको हो । 
पदाधिकारी र केन्द्रीय कमिटी संख्या थप गर्ने निर्णयसंगै एमालेले सर्वसम्मत गर्ने निर्णय गरेको छ । आजदेखि महाधिवेशनको बन्दसत्र शुरु हुदै छ । 

 


प्रकाशित मिति: शनिबार, ११ मंसिर, २०७८, ०८:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९