एमाले महाधिवेशन : बन्दसत्र अझै शुरु भएन

एमाले महाधिवेशन : बन्दसत्र अझै शुरु भएन

सहमतिका लागि प्रयास गर्दा विहान शुरु हुने भनिएको बन्दसत्र अझै शुरु नभएको हो ।


 एमाले महाधिवेशन : बन्दसत्र अझै शुरु भएन


काठमाडौं, । चितवनको सौराहामा जारी नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको वन्दसत्र अझै शुरु भएको छैन ।  सहमतिका लागि प्रयास गर्दा विहान शुरु हुने भनिएको बन्दसत्र अझै शुरु नभएको हो । 
बन्दसत्र शुरु नभएपछि महाधिवेशनमा सहभागी प्रतिनिधि सौराहा सडकमा बसेर चियागफ गरिरहेका छन् । महाधिवेशनमा सहभागी हुने केही प्रतिनिधि भने बन्द सत्रमा भित्र छिराइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्दा बन्द सत्र लम्बिएको हो । हिजो राती अवेर केन्द्रीय कमिटीको बैठक बसेर चार पदाधिकारी सहित ३०१ केन्द्रीय कमिटीको संख्या पुर्‍याउने निर्णय गरेको थियो । 
अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा सुभाष नेम्बाङ्लाई मनाउन नसक्दा अझै बन्दसत्र शुरु नभएको हो । अध्यक्ष ओलीले अहिले नेम्बाङलाई राखेर सहमतिको प्रयास गरिरहेका छन् । हिजोदेखि शुरु भएको एमाले महाधिवेशनले भोलि सकिदै छ । 

 


प्रकाशित मिति: शनिबार, ११ मंसिर, २०७८, १४:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९