एमाले महाधिवेशन : बन्दसत्र भर्खर शुरु

एमाले महाधिवेशन : बन्दसत्र भर्खर शुरु

विहान ११ बजेदेखि महाधिवेशनमा सहभागी हुने प्रतिनिधि बन्द सत्र हलभित्र प्रवेश गरेपनि ढिलो गरि शुरु र्भएको हो ।


 एमाले महाधिवेशन : बन्दसत्र भर्खर शुरु


चितवन । चितवनको सौराहामा जारी नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको वन्दसत्र भर्खर शुरु भएको छ ।  सहमतिका लागि प्रयास गर्दा विहान शुरु हुने भनिएको बन्दसत्र ढिला गरि शुरु भएको हो । विहान ११ बजेदेखि  महाधिवेशनमा सहभागी हुने प्रतिनिधि बन्द सत्र हलभित्र प्रवेश गरेपनि ढिलो गरि शुरु र्भएको हो ।
वरिष्ठ उपाध्यक्षका लागि सहमतिको प्रयास गर्दा बन्दसत्र ढिलो भएको हो । एमाले कार्यालय सचिव शेरवहादुर तामाङले बन्द सत्र शुरु भएको जानकारी दिए । 
आज विहान ८ बजेबाट बन्दसत्र शुरु हुने भनेता पनि पदाधिकारीमा सहमति गर्न खोज्दा बन्दसत्र नै प्रभावित भएको हो । 
हिजो राती अवेर केन्द्रीय कमिटीको बैठक बसेर चार पदाधिकारी सहित ३०१ केन्द्रीय कमिटीको संख्या पुर्‍याउने निर्णय गरेको थियो । 
अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा सुभाष नेम्बाङ्लाई मनाउन नसक्दा अझै बन्दसत्र शुरु नभएको हो । अध्यक्ष ओलीले अहिले नेम्बाङलाई राखेर सहमतिको प्रयास गरिरहेका छन् । हिजोदेखि शुरु भएको एमाले महाधिवेशनले भोलि सकिदै छ । बन्दसत्रले आज नयाँ नेतृत्व चयन गर्ने छ । 

 


प्रकाशित मिति: शनिबार, ११ मंसिर, २०७८, १५:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९