नयाँ केन्द्रीय कमिटी चुन्ने अधिकार ओलीलाई प्रदान

नयाँ केन्द्रीय कमिटी चुन्ने अधिकार ओलीलाई प्रदान

नेकपा (एमाले)ले नयाँ केन्द्रीय कमिटी चयन गर्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ


नयाँ केन्द्रीय कमिटी चुन्ने अधिकार ओलीलाई प्रदान

चितवन । नेकपा (एमाले)ले नयाँ केन्द्रीय कमिटी चयन गर्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । आज चितवनको सौराहामा भएको बन्दसत्रले पदाधिकारी र र केन्द्रीय सदस्य चुन्ने अधिकार ओलीलाई दिएको हो । 
संगठन विभाग प्रमुख विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा ओलीलाई दिन गरेको प्रस्तावलाई बन्दसत्रले पारित गरेको हो। बन्दसत्रले पारित गरेको प्रस्तावको विपक्षमा भीम रावल देखिएका छन् । उनले बन्दसत्रले पारित गरिएको प्रस्तावलाई अस्वीकार गर्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । हिजोदेखि शुरु भएको महाधिवेशन भोलिसम्म संचालन हुने छ । आज बसेको बन्दसत्रले विधान संशोधन प्रस्ताव समेत पारित गरेको हो । हिजो राती सम्पन्न भएको केन्द्रीय कमिटी बैठकले चार पदाधिकारी र ७६ केन्द्रीय सदस्य थप्दै १९ पदाधिकारी र ३०१ केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । यस्तै लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोग पनि २५ । २५ सदस्यीय बनाउने निर्णय गरेको थियो । 

 


प्रकाशित मिति: शनिबार, ११ मंसिर, २०७८, २१:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९