उनले देउवा र सिटौलाले कुरा गरेर आफूलाई सभापतिको उम्मेदवार बनाएको समेत बताए ।
काठमाडौं, १५ मंसिर । नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले बागमती प्रदेश पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । आज यहा पत्रकारसम्मेलन गर्दै उनले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।
‘म बागमती प्रदेशको पार्टी नेतृत्व हाँक्ने क्षमता राख्छु त्यसेले उम्मेदवारी घोषणा गर्छु,’ प्रधानले भने,‘म पार्टीका साथीहरुसँग निकै घुलमिलमा छु त्यसैले समर्थन पाउँछु ।’ उनले आफूलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको साथ रहेको बताए । उनले देउवा र सिटौलाले कुरा गरेर आफूलाई सभापतिको उम्मेदवार बनाएको समेत बताए ।
प्रधानले निष्ठाको राजनीतिक गर्दै आएको बताए । उनले भने,‘म निष्ठाको राजनीतिबाट डग्दिनँ । यसकारण पनि साथीहरुको माया र मत पाउँछु ।’
आफूले बागमती प्रदेशका सभापतिका आकांक्षी इन्द्र बाँनियासँग पनि कुराकानी गरेको बताए । आफूलाई बाँनियाले छाड्ने विश्वास व्यक्त गरे । उनले भने,‘इन्द्र बाँनिया र मेरोबीच कुराकानी भएको छ । आशा छ उहाँले मलाई छाड्नुहुनेछ ।’
पार्टीमा सहमति, सहकार्य र एकताको खाँचो भएको स्मरण गराउँदै त्यसमा आफूले भूमिका खेल्ने बताए । सबैले सहमति गरेर आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९