भारतमा ओमिक्रोन भेरियन्ट देखिएपछि उनले आज राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्री खतिवडा र उच्च अधिकारीसंग छलफल गरेकी हुन् ।
काठमाडौँ, । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्र्दै आज स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसंग छलफल गरेकी छन् ।
भारतमा ओमिक्रोन भेरियन्ट देखिएपछि उनले आज राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्री खतिवडा र उच्च अधिकारीसंग छलफल गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ बाट जोगिन विगतका हाम्रा अनुभवबाट पाठ सिकेर तत्काल सावधानी अपनाउन आवश्यक रहेको बताइन ।
उनले नयाँ भेरिएन्ट ओमिक्रोनबाट नागरिकको जीवन रक्षा गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्नेबारे जनचेतनाका कामलाई निरन्तरता दिनुपर्ने बताइन् ।
“विस्तारै सामान्य अवस्थातिर फर्किन लागेको हाम्रो जनजीवन फेरि कोरोनाभाइरसको त्रासमा रहनुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता यसबाट बढेको छ, उनले भनिन् “ जनताको जीवन रक्षा हाम्रो एकमात्र प्राथमिकता भएकाले नयाँ भेरिएन्टबाट जोगिन विगतका हाम्रा अनुभवबाट पाठ सिकेर तत्काल सावधानी अपनाउन आवश्यक रहेको छ ।”
राष्ट्रपति भण्डारीले पछिल्लो समय विश्वका विभिन्न मुलुकमा फेरि कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ देखा परेको र अघिल्ला भेरिएन्टको तुलनामा यसको सङ्क्रमण दर पनि धेरै हुने भनिएको उल्लेख गर्दै नयाँ भेरिएन्टबाट बच्न दक्षिण अफ्रिका, नेदरल्याण्ड लगायत कतिपय मुलुकमा नयाँ सुरक्षा मापदण्ड घोषणा गरिएको बताइन् ।
उनले कोरोना भाइरसको अर्को सम्भावित प्रकोपबाट बच्न जनतालाई खोप उपलब्ध गराउँदै पूर्व तयारीमा जोड दिन आग्रह गरिन् ।
सवै नागरिकलाई खोप
राष्ट्रपति भण्डारीले सकेसम्म छिटो सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन आवश्यक रहेको बताइन् । उनले एक चरण खोप लगाइसकेका नागरिकका लागि विशेषज्ञहरूको राय लिएर ’बुस्टर डोज’ समेत उपलब्ध गराउन आग्रह गरिन् ।
“खोप लगाउने कार्यलाई निरन्तरता दिंदै हामीले फेरि एक पटक नयाँ तयारीमा जोड दिनुपर्ने समय आएको छ,” उनले भनिन, “ कोरोना भाइरसको पाछिल्लो अवस्थाका बारेमा अध्ययन गरी तीनै तहका सरकार, जनप्रतिनिधि र सामाजिक संस्थाहरूको सक्रिय भूमिकाबाट मात्रै भाइरस विरुद्धको लडाईमा सफलता प्राप्त गर्न सकिन्छ ।”
पीसीआर परीक्षण निःशुल्क र सहज बनाउन
राष्ट्रपति भण्डारीले कोभिड–१९ को प्रभावबाट उत्पन्न हुन सक्ने विषम परिस्थितिबाट मुलुक र जनतालाई सुरक्षित गर्न प्रदेश र स्थानीय तह अन्तर्गतका संरचनात्मक व्यवस्थाहरूलाई एकीकृत र जवाफदेही रूपमा परिचालन गर्न आग्रह गरिन् ।
“अक्सिजन र अत्यावश्यकीय औषधीमा हुन सक्ने अभाव र कालाबजारी नियन्त्रण गर्न औषधी व्यवस्था विभाग र सुरक्षा टोली परिचालन गर्नुहोस्” उनले भनिन, “ अक्सिजन उत्पादन प्लान्ट स्थापना गर्न छोटै समय लाग्ने र लगानी पनि त्यति ठूलो नपर्ने भएकाले देशभरी विगत एक वर्षमा धेरै अक्सिजन प्लान्टहरू थपिएका छन् । तीनको अवस्था निरन्तर अवलोकन गरी मर्मत सम्भार गरेर अक्सिजनको व्यवस्था गर्नुपर्दछ ।”
पिसिआर परीक्षणलाई हरेक जिल्लासम्म पु¥याउन र अस्पतालमा विरामीको हेरचारका लागि थप स्वास्थ्य जनशक्तिको अभावलाई पूर्ति गर्न सेवा निवृत्त स्वास्थ्यकर्मीका साथै प्यारामेडिक्स परिचालन गर्ने पनि राष्ट्रपति भण्डारीले आग्रह गरिन ।
उनले कोरोना भाइरसको अघिल्लो दुई चरणको प्रहार झेल्ने क्रममा नागरिकको स्वास्थ्य, जीवन एवं मुलुकको समग्र आर्थिक प्रणालीमा ठूलो क्षति पुगेको भन्दै यसक्रममा कोभिड–१९को महामारीसंग लड्न अग्रपंक्तिमा रहने डाक्टर, नर्स, सुरक्षाकर्मी तथा सपÞmाइकर्मीहरूप्रति आभार व्यक्त गरिन् ।
मन्त्री खतिवडाले एक हजार ६०० खोपकेन्द्रमा प्रतिदिन दुई लाख दरले खोप लगाउन थालेको बताइन । उनले दुई करोड ६८ लाख मात्रा खोप लगाइसकेको समेत राष्ट्रपति भण्डारीलाई जानकारी दिए । यो भनेको खोप लगाउन योग्यका २८ प्रतिशत रहेको हो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९