१९ पदाधिकारी वाहेक स्थायी कमिटीमा युवा नेता महेश वस्नेत, खिमलाल भट्टराई, ठाकुर गैरे, राजन भट्टराई, जस्ता नेता स्थायी कमिटीमा आफूलाई समेट्नुपर्ने माग राखेका छन् ।
काठमाडौँ, । नेकपा (एमाले) को दशौं महाधिवेशनबाट युवा नेता केन्द्रीय कमिटीमा धेरै अटाएका छन् । अनेरास्ववियु र युवा संघमा काम गरेका धेरै युवा केन्द्रीय कमिटी अटाएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुस्तान्तरण गर्ने बताएसँगै यसपटक उनले केन्द्रीय कमिटीमा धेरै युवा नेता अटाउन सफल भएका हुन् । युवा संघ लामो समय काम गरेका सूर्य ढकाल, युवासंघका पूर्व अध्यक्ष राजीव पहारी, वर्तमान अध्यक्ष किरण पौडेलदेखि अखिलका पूर्व अध्यक्ष किशोरविक्रम मल्ल, नविना लामा, वर्तमान अध्यक्ष सुनिता वराल, अखिलका पूर्व नेतृ कमला वोहरा, उषाकिरण तिमिल्सेना, दीपा शर्मा केन्द्रीय कमिटीका नयाँ अनुहार हुन् ।
केन्द्रीय कमिटीमा नयाँ अनुहारलाई पार्टी अध्यक्ष ओलीले मौका दिएसँगै स्थायी कमिटी सदस्यमा पनि नयाँ युवा नेतालाई लैजाने तयारीमा उनी रहेका छन् ।
अध्यक्ष ओलीले आजभन्दा तीन बर्ष अगाडि नै एमालेलाई पुस्तान्तरण गर्ने बताएका थिए । त्यसैअनुसार उनले यसपटक अखिलका पूर्व अध्यक्ष शंकर पोखरेललाई पार्टीको भावी नेतृत्व रुपमा महासचिवमा अगाडि सारेका हुन् ।
पोखरेललाई महासचिवमा बनाएजस्तै अध्यक्ष ओलीले अखिलका पूर्व अध्यक्षलाई पनि स्थायी कमिटीमा अघि सार्ने तयारीमा रहेको बुझिएको छ । यही मंसिर २५ र २६ गते बस्ने केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिटव्युरो कमिटी गठन गर्ने छ । ४५ सदस्यीय स्थायी र ९९ सदस्यीय पोलिटव्युरो हुने छ ।
१९ पदाधिकारी वाहेक स्थायी कमिटीमा युवा नेता महेश वस्नेत, खिमलाल भट्टराई, ठाकुर गैरे, राजन भट्टराई जस्तालाई ओलीले अगाडि सार्ने छन् ।
अहिले स्थायी कमिटीमा पुगे ति नेता आगामी १५ बर्षपछि पार्टीको नेतृत्व गर्ने ठाउँमा पुग्छन् । जसले गर्दा युवा नेताले पार्टीको नेतृत्व हाँक्न सक्ने छन् । यसपटक ओलीले एमाले युवाको पार्टी हो भन्न बनाउनका लागि धेरै युवालाई स्थायी कमिटीमा समेट्ने तयारीमा रहेको बुझिएको छ ।
को–को स्थायी कमिटीमा समटिदै
घनश्याम भुसाल
रघुजी पन्त
किरण गुरुङ
भीम आचार्य
भीम रावल
मणिचन्द्र थापा
देवराज घिमिरे
गुरु वराल
काशीनाथ अधिकारी
कृष्णगोपाल श्रेष्ठ
थममाया थापामगर
विन्दा पाण्डे
शिवमाया तुम्बाहाम्फे
खगराज अधिकारी
यमलाल कडेल
अरुण नेपाल
कर्ण थापा
भानुभक्त ढकाल
शेरधन राई
शेरवहादु तामाग
प्रभु साह
दलवहादुर राना
खिमलाल भट्टराई
ठाकुर गैरे
श्रीमाया थकाली
बैजनाथ चौधरी
राजन भट्टराई
हिक्मत कार्की
राजेन्द्र गौतम
महेश वस्नेत
गोकुल वास्कोटा
परशुराम मेघी गुरुङ
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९